ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी « Khabarhub

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालसँगको सहकार्यमा नेपालको विन्दु स्पेश फर आर्टिष्ट र जापानको जिन्जा ग्यालरीले ‘बोर्डरलेस स्माइल फर स्माइल’ शीर्षकमा आयोजना हुने उक्त अन्तरराष्ट्रिय कला प्रदर्शनीमा चार देशका ७५ कला कृति समावेश गरिने छ।

प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले आज कला प्रदर्शनीबारे जानकारी दिँदै तयारी अन्तिम चरणमा पुगेको बताइन्। प्रदर्शनीमा नेपाल, जापान, जर्मनी र कोरियाका कलाकारका कलाकृति समावेश गरिने छन्।

उक्त कार्यक्रम संयोजक पृथ्वी श्रेष्ठले नेपाली कलाकारका ३५ र जापानी कलाकारका ३५ कलाकृति प्रदर्शनीमा रहने जानकारी दिए। उनले प्रदर्शनीमा सहभागी हुन जापानबाट कलाकार आउन लागेका बताए।

जर्मनीका दुई र कोरियाका तीन कलाकारका कलाकृति पनि प्रदर्शनीमा राखिने छन्। प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : २७ बजे

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि