पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा « Khabarhub

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका लागि पथरी–११ र सिराहाको सलहेसबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा काठमाडौँको न्यू रोड टिम (एनआरटी) लाई हराउँदै आयोजक पथरी–११ फाइनलमा प्रवेश गरेको हो । पथरी ११ का लागि निर्णायक गोल सौर्य राउतले गरेका हुन् । राउतले खेलको २५औँ मिनेटमा गोल गरेका थिए ।

खेलको ८८औँ मिनेटमा विवेक गुरुङले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सीमित बनेको थियो । खेलको म्यान अफ दी म्याच पथरी–११ सौर्य राउत घोषित भए । उनले रु ११ हजार ५०० पुरस्कार प्राप्त गरे ।

बुधबार भएको पहिलो सेमिफाइनलमा सलहेस सिराहाले पाँचथर क्लब पाँचथर फिदमलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । फाइल खेल कात्तिक २२ गते हुने छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १० : ५५ बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज