चीनले गर्‍यो अमेरिकासहित चार देशको नौसैनिक अभ्यासको जासुसी « Khabarhub

चीनले गर्‍यो अमेरिकासहित चार देशको नौसैनिक अभ्यासको जासुसी


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनले अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स र न्यूजिल्याण्डका नौसैनिकबीच आयोजित अभ्यासको जासुसी गरेको पाइएको छ । दक्षिण चीन सागरमा चार मुलुकले नौसैनिक अभ्यास गरेका थिए ।

उक्त नौसैनिक अभ्यासमा चीनले जासुसी जहाज तैनाथ गरेको अस्ट्रेलियाको सार्वजनिक प्रसारण सेवा एबीसीले जनाएको छ । चीनले फिलिपिन्समाथि झगडालु भएको र क्षेत्रीय शान्तिलाई कमजोर पार्न खोजेको आरोप लगाएको छ ।

उक्त अभ्यासमा अस्ट्रेलियाको एचएमएएस बलारात, फिलिपिन्सको फ्रिगेट, न्यूजिल्याण्डको रिफ्यूलर, अमेरिकी डिस्ट्रोयर र अमेरिका कै पी–८ निगरानी जहाज सहभागी रहेका थिए । यस अभ्यासलाई ‘बहुपक्षीय समुद्री सहकार्य गतिविधि’ को संज्ञा दिइएको छ ।

यसैबीच अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उक्त क्षेत्रमा चिनियाँ सैन्य उपस्थिति र यसबाट उत्पन्न प्रभावबारे छलफल गरेका छन् ।

केही समयअघि चिनियाँ लडाकु जहाज र अस्ट्रेलियाको निगरानी जहाज एक आपसमा ठोक्किनबाट थोरैले जोगिएका थिए । यसबारे पनि दुई नेताबीच कुराकानी भएको एबीसीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : १८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब