आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर ६ तारिख । पुष कृष्ण पक्षको द्वित्तिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । राज्यका तर्फबाट त्रास हुनेछ ।

वृष : हरेक क्षेत्रमा सफलता प्राप्त हुने दिन छ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ । बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।

मिथुन : मिष्ठान्न भोजन  मिल्ने छ । रमाइलो यात्रा हुने योग छ । खर्च बढ्नेछ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हाेला । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।

कर्कट : स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन् । ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ । तपाईंको काममा परिवारबाट विरोध हुनेछ । परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ । आफन्तले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन् । आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्या : दिन राम्रो छ । मन खुशी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ । परिवारको साथ मिल्नेछ ।

तुला : स्वास्थ्यमा समस्या हुनसक्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ । परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् ।

वृश्चिक : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । न्यायको लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

धनु : बोलीको प्रभावले काम बन्नेछ । मनमा भएका कुरा भन्नु राम्रो हुनेछ । रोगबाट मुक्त हुने योग छ । स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको उपचार हुनेछ । साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । 

मकर : सञ्चित धन खर्च हुनेछ । सोचेका काममा बाधा र अड्चन हुनेछ । शरीरमा आलश्यता बढ्नेछ । बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ मिल्नेछ ।

कुम्भ : दिन रमाइलो छ । राज्यको तर्फबाट राहत मिल्नेछ । माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ । पारिवारिक मिलन हुने दिन छ ।

मीन : विरोध गर्नेहरु बढ्नेछन् । खानपानमा समस्या हुनसक्छ । साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ । बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन् । 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ५ : ४० बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा