इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित « Khabarhub

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि पेट्रोल तथा डिजेलका नयाँ गाडी बिक्रीमा रोक लगाउने युरोपेली सङ्घ (इयु) को योजना सहज बनाउने प्रयासमा छन् । उनीहरूले वर्ष अन्त्यसम्म यसबारे निर्णय होस् भनेर दबाब बढाइरहेका छन् ।

युरोपेली आयोगले यो लक्ष्यको पुनरावलोकन डिसेम्बर १० मा गर्नेछ । तर सदस्य राष्ट्रहरू र उद्योग क्षेत्रबीचको फरक-फरक मागका कारण निर्णय ढिलिन सक्ने देखिन्छ ।

सन् २०२३ मा तय गरिएको यो लक्ष्यले सन् २०३५ पछि सबै नयाँ गाडीलाई विद्युतीय बनाउने उद्देश्य राखेको थियो, जुन सन् २०५० भित्र इयुको ‘ग्रीन डिल’ को महत्वपूर्ण हिस्सा हो ।

तर दुई वर्षपछि, ‘व्यावहारिकता’ का नाममा यो मिति पुनर्विचार गर्नुपर्ने आवाज बढ्दै गएको छ । अटो निर्माताहरूले लक्ष्य धेरै कठोर भएको बताएका छन् ।

यसैबीच, चिनियाँ कम्पनीहरूले युरोपमा विद्युतीय गाडीको आपूर्ति बढाएपछि युरोपेली उद्योगले प्रतिस्पर्धाको ठूलो दबाब महसुस गरेको छ । यसले कारखाना बन्द हुने र रोजगारी व्यापक रूपमा गुम्ने जोखिम बढाएको छ ।
 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  २ : ५८ बजे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको