नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव « Khabarhub

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव


२० मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताएका छन् । 

वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भारतको उत्तरीराज्यभन्दा नेपालको आँखा उपचार विशिष्टकृत र अब्बल रहेको बताए।

‘पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीय र प्रभावकारी सेवा दिँदै आएरहेको छ’, प्रथम राष्ट्रपति यादवले भने, ‘भारतको विहार, उत्तरप्रदेश, बङ्गाललगायत राज्यका बिरामी पनि गुणस्तरीय आँखाको उपचार गर्नका लागि यहाँ आउने उदाहरणले पनि यहाँको सेवा विकासबारे प्रष्टाउँछ । यी हाम्रा लागि सकारात्मक उपलब्धि हुन् ।’

उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेकाले यसलाई थप सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए। ‘चिकित्सक र स्वास्थ्यकर्मीसँग ठूलो अपेक्षा राखेर बिरामी उपचार गर्न आएका हुन्छन् । त्यसैले पनि यो पेसामा संलग्न हुनेले स्तरीय सेवा दिन पछि हट्नुहुँदैन ।’

प्रथम राष्ट्रपति यादवले चिकित्सक पेसा पैसा कमाउनेभन्दा पनि मानवीय सेवाबाट प्रभावित हुनुपर्ने धारणा व्यक्त गरे।

 ‘चिकित्सा पवित्र पेसा हो, यसमा मानिसले पूर्ण विश्वास गरेका हुन्छन्’, उनले भने, ‘पैसा कमाउने अन्य पेसा पनि भएकाले यसलाई बदनाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ ।’

अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिए ।

 ‘विगत एक दशकमा यहाँबाट १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ । जसमा आँखाको मात्रै शल्यक्रिया एक लाखभन्दा बढी बिरामीको गरेका छौँ’, उनले भने। आगामी दिनमा सेवा विस्तारसँगै थप गुणस्तरीय सेवा प्रवाहमा जोड दिने उनको योजना छ ।

अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताए। आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सोही अवसरमा सम्मानित गरिएको थियो । 

अस्पतालका अध्यक्ष विश्वराज गौतमले अस्पतालले आगामी दिनमा बिरामीका लागि अत्याधुनिक सेवा प्रवाह गर्दै जाने प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ४ : ३४ बजे

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम