एमालेको निष्कर्ष : कांग्रेससँग मिलेपछि राजनीतिक स्थायित्वको आशा जाग्यो
सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले नेपाली कांग्रेससँगको सहकार्यमा संयुक्त सरकार बनेसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागेको निष्कर्ष निकालेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म बसेको एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर संयुक्त सरकार बनेसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको हो ।
मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दल सहभागी वर्तमान सरकारसँग जनताका धेरै अपेक्षाहरू रहेका र सरकारको काँधमा संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा रहेको एमालेको ठहर छ ।
‘सत्तारूढ दलहरूबीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवम् राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने यो बैठक कामना गर्दछ,’ एमालेले बैठकबाट पारित गरेका १४ बुँदे एजेन्डामा भनिएको छ, ‘नेकपा (एमाले) यस सहमतिको कार्यान्वयन र सरकारको सफलताका लागि हरसम्भव योगदान गर्न प्रतिबद्ध छ ।’
सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, भूकम्प र महामारी जस्ता चुनौतीका बीचमा नेपालले विगत साढे तीन दशकमा हासिल गरेका उपलब्धिहरू महत्वपूर्ण रहे पनि सुस्त विकास, न्यून आर्थिक वृद्धि, बेरोजगारी र परनिर्भरताजस्ता चुनौतीहरू विद्यमान देखिएका एमालेको बुझाई छ ।
सरकारलाई सुझावसहित एमालेले पारित गर्यो १४ बुँदे प्रस्ताव
एमालेको दस्तावेज : कसैले यस्तो नलेखोस् !
ओली भन्छन्- पार्टीभित्र कुनै समूह छैनन्, सबै साथी भरभराउँदो पङ्क्ति हुन्
सांसदहरूको माग : वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँ
सरकार चलाउनेले अधिकार मुठ्ठीमा राख्दा संघीयता दुर्घटना पर्ने देखियो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरि कानून बनाउनुपर्ने बताएका छन् ।
संघीयता सवलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले यसो भनेका हुन् ।
उनले सबै तहलाई अधिकारसम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताउँदै त्यसो गर्दा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने उल्लेख गरे ।
बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
हवाई टिकट मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्रिय ध्वजावाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
जनमत पार्टीले सरकार चलाउन कांग्रेस-एमालेबाट सिक्नुपर्छ : उपेन्द्र महतो
विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड
नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ : मन्त्री अधिकारी
‘आफूले गर्न नसक्दा अरूमाथि दोष थुपार्नु गलत हो’
माओवादीले पारित गर्यो १६ बुँदे प्रस्ताव, सरकारको कडा विरोध
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।
आइतबारदेखि सुरु भएको बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पनि सर्वसम्मत पास भएको छ ।
उक्त प्रस्तावमाथि एक सयभन्दा धेरै सदस्यहरूले बोलेका थिए । प्रचण्डले पेश गरेको प्रस्ताव पारित गर्दै बैठक समापन गरिएको हो ।
बैठकले नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालयलगायतका सार्वजनिक संस्थान र कर्मचारीतन्त्रमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ ।
पूर्व उपराष्ट्रपतिबारे प्रचण्ड : पार्टी राजनीतिमा फर्किन चाहेकाले ल्याएका हौँ
समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष दाहाल
६ महिना अभियान, अर्को ६ महिनापछि माओवादीको महाधिवेशन
सरकारको काम भाडा बढाउने, व्यवसायीको काम थोत्रा गाडीमा सकुन्जेल यात्रु कोच्ने (तस्बिरहरू)
सरकारले सार्वजनिक यातायातको भाडा सोमबारदेखि लागु हुने गरी बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि लाग यात्रुवाहक सवारी साधनको भाडामा ३ दशमलव ३ प्रतिशत वृद्धि गरेको हो ।
अहिले सरकार, यातायात व्यवसायी र यातायात मजदुरको समझदारीमा भाडा निर्धारण गरिन्छ । इन्धनको मूल्य पाँच प्रतिशतले बढे वा घटेमा भाडा तलमाथि हुन्छ ।
प्रत्येक वर्ष पाँच फरक परिसूचक, पारिश्रमिक, टायर, सञ्चालन खर्च, मूल्यह्रास र नाफाको मार्जिनका आधारमा एकैपटक सबै सूचकहरूको पुनःविश्लेषण गरिन्छ ।
तर सरकारको ध्यान भने भाडा घटाउने बढाउने मात्रै केन्द्रित छ । तर सार्वजनिक यातायात सुधारमा उसको चासो छैन ।
अहिले पनि यात्रुले सार्वजनिक यातायातमा चढ्दा अनेक सास्ती भोग्नुपर्छ । चोक चोकमा कयौँ मिनेटसम्म कुरेर पनि सजिलै चढ्न पाइँदैन ।
इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने
ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
जंगलको बीचमै बिते आमा र नवजात शिशु, सासूको काखमा प्राण त्यागिन् सविताले
तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो
चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पमा परेर तिब्बतमा मात्रै अहिलेसम्म १३० जना घाइते भएका छन् ।
चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिबारे अहिलेसम्म विस्तृत विवरण नआइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।
तिब्बतमा भूकम्पबाट ढले कयौँ घर (तस्बिरहरू)
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द
तिब्बतमा भूकम्प : उद्धारमा सबै शक्ति लगाउन राष्ट्रपति सीको निर्देशन
युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी
बलात्कारको मुद्दामा आशारामलाई सर्वोच्चले दियो अन्तरिम जमानत
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
इन्डोनेसिया ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा
पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप
दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ ।
दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १० विकेटको जित हात पारेको हो । विजयी टोलीका डेभिड बेडिङघमले ३० बलमा ४७ रन प्रहार गरेपछि दक्षिण अफ्रिकाले चौथो दिनमा खेल सकेको हो।
यसैगरी आइडन म्याक्रमले १४ रन जोडे । यसअघि रेन रेकिल्टनको २५९ रनको योगदानमा दक्षिण अफ्रिकाले पहिलो पारीमा ६१५ रन जोडेको थियो । १९४ रनमा सीमित हुँदै फलोअनमा परेको पाकिस्तानले दोस्रो पारीमा ४७८ रन जोडेको थियो ।
दोस्रो पारीमा सान मसुदले १४५ तथा बाबर आजमले ८१ रन जोडे । यी दुईले पहिलो विकेटका लागि २०५ रनको साझेदारी गरेका थिए।
प्रतिक्रिया