आज २०८१ साल माघ २५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २५ गते शुक्रबारको राशिफल


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २५ गते शुक्रबार माघ शुक्ल पक्षको दशमी तिथि । शल्य दशमी । तदनुसार सन् २०२५ फेब्रुअरी ७ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सुझबुझसँग गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइको साथले तपाईंका काम सहजै बन्नेछन् । राज्यको लगानीले सार्थकता पाउने छ । तपाईंको तर्क सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो भने देखिन्छ ।

वृष : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन खुशी रहनेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने समय छ । विपक्षीसँगको टकराब चुलिएर जानेछ । परिवारले भने साथ र सहयोग गर्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : एकल निर्णय गर्ने बानीले ठुलो घाटा हुनसक्ने जोखिम छ । निर्णायक शब्द सार्वजनिक गर्नु अगाडि तीन पल्ट सोच्नुपर्ने समय छ । अप्रिय खबरले मन अशान्त बन्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले सोचेका काम फटाफट हुनेछन् । दाम्पत्य सुख मिल्ने दिन छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा हरेक काममा सफलता मिल्नेछ ।

सिंह : भाग्य स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । माया मार्न लागको सम्पत्ति हात लाग्नेछ । अगाडि मिठो बोलेर पछाडि कुरा काट्ने साथीसँग सचेत बन्नु उचित हुनेछ ।

कन्या : दिन सहज छ । सानो कुरामा नअल्झिनु उचित हुनेछ । विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारमा एक्लो भएको महसुस हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

तुला : बौद्धिक क्षेत्रमा टकराब हुनेछ । हरेक निर्णयका लागि फराकिलो छाती पर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा अवरोध देखिने जोखिम छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृश्चिक : सोचेको काम सफल बन्नेछ । बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनु उचित हुनेछ । कूटनीतिक ढंगले अगाडि बढ्नु राम्रो हुनेछ । परिवारसँग रमाइलो यात्राको अवसर मिल्नेछ ।

धनु : दिन सामान्य छ । मिल्ने साथीले धोका दिने जोखिम रहेको छ । घुमाउरो भाषा बुझ्न नसक्दा हरेक ठाउँमा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारका तपाईंको प्रस्ताव अस्वीकृत हुँदा मनमा खटपटी बढ्नेछ ।

मकर : शनिदेव अनुकुल भएमा दिन सहज छ । साथीभाइले तपाईंलाई साथ दिनेछन् । राजनीतिक टकराबमा अडानलाई यथावत राख्नु उचित देखिन्छ । बौद्धिक क्षेत्रले तपाईंलाई साथ दिएको छ । स्वास्थ्यमा सुधारका साथ दिएका छन् । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : मध्य साढेसाती दशा चलिरहेकाले मनमा सानो कुराले झन्झट बढ्नेछ । आफ्नो कुरामात्र कार्यान्वयन हुनुपर्छ भन्ने बानीलाई केही हदसम्म छोड्नु उचित हुनेछ । अरुको प्रशंसा गर्दा आफ्नो ख्याल गर्न नझुल्नु राम्रो हुनेछ । धार्मिक क्षेत्रको झुकाबले दिन शान्त बन्नेछ ।

मीन : दिन सहज छ । सुरुवाती साढेसाती भए पनि शुभग्रहको बहुमत छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा सचेत भएर अगाडि बढ्नुपर्ने समय छ । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । स्वास्थ्यले साथ दिनाले दिन अनुकुल बन्नेछ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : ५६ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी