इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ « Khabarhub

इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

नागपुर – भारतले इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय खेलमा सफलता पाएको छ। बिहीबार भएको दिवा-रात्रि खेलमा भारतले ४ विकेटको जित हात पारेको हो। २४९ रनको लक्ष्य पाएको भारतले ६८ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा २५१ रन जोडेको हो।

भारतका लागि म्यान अफ द म्याच समेत घोषित शुभमन गिलले ८७ रन जोडे। ९६ बलको सामना गरेका उनले १४ चौका प्रहार गरे।

१९ रनमा दोस्रो विकेट गुमाएको अवस्थामा गिलले श्रेयास एयरसँग तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेर भारतको इनिङ उकासेका थिए। ३६ बलको सामना गरेका ऐयारले ५९ रनको योगदान गरे। उनले ९ चौका र २ छक्का प्रहार गरे। अक्षर पटेलले ४७ बलमा ५२ रन जोडे। उनले ६ चौका र १ छक्का प्रहार गरे।

इंग्ल्याण्डका सकिव मोहमद र अदिल रसिदले दुईदुई विकेट लिए। नागपुरको भएको दिवारात्री खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४७.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४८ रन जोडेको हो।

इंग्ल्याण्डविरुद्धको सुरुवात भने सानदार थियो। ८.४ ओभरमा विना कुनै विकेटको क्षति ७५ रन जोडेका टोलीका फिल साल्ट तेस्रो रन लिने प्रयासमा रन आउट भएपछि इंग्ल्याण्डविरुद्धको पतन सुरु भएको हो। साल्टले २६ बलमा ४३ रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरे।

पहिलो एक दिवसीय खेली रहेका हर्षित रानाले त्यसै ओभरमा बेन डकेटलाई ३२ तथा हेरी ब्रुकलाई शून्य रनमा आउट गरे। कप्तान जोस बटलर ५२ तथा ज्याकोब बेथलले ५१ रन जोडे। जोफ्रा आर्चरले १८ बलमा २१ रन जोडे।

भारतका रानाले ७ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए। रवीन्द्र जडेजाले ९ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : २५ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका