इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ « Khabarhub

इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

नागपुर – भारतले इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय खेलमा सफलता पाएको छ। बिहीबार भएको दिवा-रात्रि खेलमा भारतले ४ विकेटको जित हात पारेको हो। २४९ रनको लक्ष्य पाएको भारतले ६८ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा २५१ रन जोडेको हो।

भारतका लागि म्यान अफ द म्याच समेत घोषित शुभमन गिलले ८७ रन जोडे। ९६ बलको सामना गरेका उनले १४ चौका प्रहार गरे।

१९ रनमा दोस्रो विकेट गुमाएको अवस्थामा गिलले श्रेयास एयरसँग तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेर भारतको इनिङ उकासेका थिए। ३६ बलको सामना गरेका ऐयारले ५९ रनको योगदान गरे। उनले ९ चौका र २ छक्का प्रहार गरे। अक्षर पटेलले ४७ बलमा ५२ रन जोडे। उनले ६ चौका र १ छक्का प्रहार गरे।

इंग्ल्याण्डका सकिव मोहमद र अदिल रसिदले दुईदुई विकेट लिए। नागपुरको भएको दिवारात्री खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४७.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४८ रन जोडेको हो।

इंग्ल्याण्डविरुद्धको सुरुवात भने सानदार थियो। ८.४ ओभरमा विना कुनै विकेटको क्षति ७५ रन जोडेका टोलीका फिल साल्ट तेस्रो रन लिने प्रयासमा रन आउट भएपछि इंग्ल्याण्डविरुद्धको पतन सुरु भएको हो। साल्टले २६ बलमा ४३ रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरे।

पहिलो एक दिवसीय खेली रहेका हर्षित रानाले त्यसै ओभरमा बेन डकेटलाई ३२ तथा हेरी ब्रुकलाई शून्य रनमा आउट गरे। कप्तान जोस बटलर ५२ तथा ज्याकोब बेथलले ५१ रन जोडे। जोफ्रा आर्चरले १८ बलमा २१ रन जोडे।

भारतका रानाले ७ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए। रवीन्द्र जडेजाले ९ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : २५ बजे

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

दाङ– लामो प्रतीक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको

औषधि ऐन संशोधनको विरोधमा व्यवसायी आन्दोलनमा

विराटनगर– कोशी प्रदेशका औषधि व्यवसायीले औषधि ऐन, २०३५ मा भएको

लुम्बिनीले लियो सुदूरपश्चिको दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय

ढाका– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले

चीनको युन्‍नानमा रेलले कामदरलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु

युन्नान- चीनको दक्षिण–पूर्वस्थित युन्नान राज्यमा मर्मतमा खटिएका कामदारलाई रेलले ठक्कर