चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण « Khabarhub

चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लास्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ ।

उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए । उनले भने, ‘यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि १८ लाखदेखि एक करोड ५० लाखसम्म विनियोजन भएको छ ।’

झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह, सिञ्जा- २ स्थित रनुखाना, हिमा- १ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ । लाम्रोचौर गाडापारी र मसानघाट जिम्री  जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ ।

साथै उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुल मर्मतसम्भार गरिने जानकारी दिए । 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : १८ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व