युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ | Khabarhub Khabarhub

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् ।

ढाका ट्रिब्यूनका अनुसार उनलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ अर्थात् कथित देशद्रोह आरोप लगाइएको छ। उनलाई ढाका महानगरीय प्रहरी परिसरको गुप्तचर शाखाले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरी अतिरिक्त आयुक्त (डीबी) रेजाउल करीम मलिकले भने, ‘उनलाई बिहीबार राति धानमण्डीबाट पक्राउ गरिएको थियो। उनलाई देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ। आरोपको सम्बन्धमा सोधपुछ गर्न हिरासतमा राखिएको छ।’

मेहर अफरोज जमालपुर जिल्लाका अवामी लिगका पूर्व सल्लाहकार परिषद् सदस्य मोहम्मद अली र १९९६ मा अवामी लिगका सांसद तहुरा अलीकी छोरी हुन्। मोहम्मद अलीले गत निर्वाचनमा जमालपुर–५ (सदर) सिटबाट टिकट मागेका थिए ।

अभिनेत्री शानलाई जमालपुर सदर उपजिल्लाको नरुन्दी रेलवे स्टेशन क्षेत्रमा उनको बुबाको घरबाट पक्राउ गरिएको थियो। उनलाई साँझ साढे ६ बजे पक्राउ गरिएको हो ।

उनी पक्राउ परेको केही समयअघि जमालपुरमा बसोबासरत परिवारमाथि आक्रमण पनि भएको थियो, त्यसक्रमा उनको घर पनि जलाइएको थियो ।

बंगलादेशमा मोहम्मद युनुसको सरकार सत्तामा आएदेखि नै विपक्षीलाई पक्राउ गरिँदै आएको छ ।

बंगलादेशमा मेहर फिल्मी जगतका ती अभिनेत्री हुन्, जसले खुलेर आफ्नो बयान दिन्छिन्। यही नै उनको गिरफ्तारीको कारण बनेको स्थानियले बताएका छन् ।

समाचारअनुसार मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारको आलोचना गरेकाले उनीमाथि देशद्रोह आरोप लगाइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ३५ बजे

कतारविरुद्ध नेपालको खराब ब्याटिङ, ६० रन जोड्दा गुमायो तेस्रो विकेट

ओमान – आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर

मृतकको शव लिन गाजापट्टी पुग्यो रेडक्रसको टोली

गाजा – गाजाको दक्षिणी क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली हमासले

कर्जा सुविधा दुई महिना थप गर्न व्यवसायीको माग

काठमाडौं – नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले मुलुकको विषम परिस्थितीलाई

प्रकाश सपुतलाई प्रश्न : फिल्ममा आफ्नो अभिनय क्षमताको आत्मसमीक्षा के हो ?

काठमाडौं – पछिल्लाे समय गायनमा कम सक्रिय देखिएका प्रकाश सपुत

रोक्नै पर्ने जिद्दी गर्दैछन् ओली : पर्ख र हेरको अवस्थामा भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रोकिएको सदस्यता नवीकरणबारे नेकपा एमालेले आइतबारको