रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त « Khabarhub

रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरी बोरिसोभको स्थानमा दिमित्री बाकानोभलाई रुसको राष्ट्रिय अन्तरिक्ष निगम (रोस्कोस्मोस)को नयाँ महानिर्देशकमा नियुक्त गरेको क्रेमलिनले बिहीबार आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी गराएको छ। 

आफ्नो यो नियुक्ति अघि ३९ वर्षीय बाकानोभले यातायात उपमन्त्रीको रूपमा काम गर्दा मानवरहित यातायात प्रणालीसहित नवीनतामा ध्यान केन्द्रित गरेका थिए । 

उनले यातायात मन्त्रालयमा जानुअघि सन् २०११ देखि सन् २०१९ सम्म गोनेट उपग्रह प्रणाली कम्पनीको नेतृत्व गरेका थिए । बोरिसोभले सन् २०२२ देखि दिमित्री रोगोजिनको स्थानमा रोस्कोस्मोसको नेतृत्व गर्दै आएका थिए । 

अन्तरिक्ष एजेन्सीको कार्यभार सम्हाल्नुअघि उनले प्राविधिक र प्रतिरक्षा क्षेत्रको रेखदेख गर्ने उपप्रधानमन्त्रीका रूपमा काम गरेका थिए र त्यसअघि उनले उप रक्षामन्त्रीको पद सम्हालेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ३५ बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री