रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त « Khabarhub

रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरी बोरिसोभको स्थानमा दिमित्री बाकानोभलाई रुसको राष्ट्रिय अन्तरिक्ष निगम (रोस्कोस्मोस)को नयाँ महानिर्देशकमा नियुक्त गरेको क्रेमलिनले बिहीबार आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी गराएको छ। 

आफ्नो यो नियुक्ति अघि ३९ वर्षीय बाकानोभले यातायात उपमन्त्रीको रूपमा काम गर्दा मानवरहित यातायात प्रणालीसहित नवीनतामा ध्यान केन्द्रित गरेका थिए । 

उनले यातायात मन्त्रालयमा जानुअघि सन् २०११ देखि सन् २०१९ सम्म गोनेट उपग्रह प्रणाली कम्पनीको नेतृत्व गरेका थिए । बोरिसोभले सन् २०२२ देखि दिमित्री रोगोजिनको स्थानमा रोस्कोस्मोसको नेतृत्व गर्दै आएका थिए । 

अन्तरिक्ष एजेन्सीको कार्यभार सम्हाल्नुअघि उनले प्राविधिक र प्रतिरक्षा क्षेत्रको रेखदेख गर्ने उपप्रधानमन्त्रीका रूपमा काम गरेका थिए र त्यसअघि उनले उप रक्षामन्त्रीको पद सम्हालेका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : ३५ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित