विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसदका अध्यक्षलाई पत्र « Khabarhub

विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसदका अध्यक्षलाई पत्र


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् । 

‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । 

पत्रमा सभामुखले लेखेका छन्, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’ 

हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए । 

पत्रमा सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन् ।  

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् । 

सभामुख अपिलसँगै विपिन जोशीको सकुशल उद्धारका लागि कूटनीतिक तहमा थप पहल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : १७ बजे

इरान-अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतालाई चीनको समर्थन

बेइजिङ- चीनले इरान र अमेरिकाबीच जारी तनाव समाधानका लागि पाकिस्तानसहित अन्य

संसद्‌मा सांसदहरूको माग- यस वर्ष मल अभाव नहोस् 

काठमाडौं– प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै

गोप्य अंग सफा गर्न भि-वास प्रयोग गर्नुहुन्छ ? सावधान, यसले हानि पनि पुर्‍याउन सक्छ 

काठमाडौं– पछिल्लो समय धेरै महिलाहरू र किशोरीहरूले भि-वास  प्रयोग गर्दा

उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह

 काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग

नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु  

काठमाडौं– सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्तिका लागि प्रक्रिया