घरेलु भूमिमा नेपालले एउटै खेल जितेन, सिरिजको उपाधि थाइल्याण्डलाई « Khabarhub

घरेलु भूमिमा नेपालले एउटै खेल जितेन, सिरिजको उपाधि थाइल्याण्डलाई


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ । ७ विकेटले नेपाललाई हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ ।

त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई २ अंकले पछि पादै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल भयो । नेपाल भने जितविहीन रहँदै शृंखलाको अन्त्य गर्न बिबश भएको छ ।

शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो ।

थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाइले ३४ बलमा दुई चौकासहित सर्वाधिक २७ रन बनाइन् भने नन्नापाट कान्चोरोएनकाईले २३ रन जोड्दा ओपनर नटया बूचाथमले ११ रनको योगदान गरेकी थिइन् ।

नेपालका लागि कप्तान इन्दु वर्माले दुई तथा पूजा महतोले एक विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै ८१ रनको योगफल मात्रै खडा गरेको थियो ।

नेपालले भने कुनै पनि खेल नजिति पराजय हुन पुगेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : २८ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र