दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता, दुर्घटनाको आशंका « Khabarhub

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता, दुर्घटनाको आशंका


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशंका गरिएको छ । 

अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो । 

यी दुई शहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन्। खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्।

हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो। गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुवाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।

फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : ४३ बजे

प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको

खानामा नै हुन्छ नेपालीको धेरै खर्च

काठमाडौं– नेपालीको कुल निजी उपभोगमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्य वस्तुमा

भारतले नेपाललाई दियो कैदी बोक्ने १० वटा ट्रक

पर्सा- भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक दिएको

९९ प्रतिशत जनसङ्ख्यामा पुग्यो बिजुली, १ लाख बढी किलोमिटर बन्यो सडक

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म ९९.१ प्रतिशत नेपालीको घरमा बिजुली

चीनले समर्थन गर्दा अमेरिकाले उठायो पाकिस्तानको भूमिकामा प्रश्न

बेइजिङ– इरानसँगको युद्ध टुंग्याउन पाकिस्तानले खेलेको भूमिकाको चीनले प्रशंसा गर्दा