साताको अर्थसंक्षेप : शेयर बजारमा उतारचढाव, ७ खर्बबढी रेमिट्यान्स भित्रियो र बैंकिङ क्षेत्रबारे अनावश्यक भ्रम | Khabarhub Khabarhub

साताको अर्थसंक्षेप : शेयर बजारमा उतारचढाव, ७ खर्बबढी रेमिट्यान्स भित्रियो र बैंकिङ क्षेत्रबारे अनावश्यक भ्रम


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

यो साता सामाजिक सञ्जालदेखि प्रायः सबैजसो सञ्चारमाध्यमसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘बहिर्गमन’ नै शेयर शेयर बजार सन्दर्भमा ‘हट टपिक’ बन्यो । गभर्नरको अधिकारीको कार्यकाल आगामी चैत २५ गते सकिने र राष्ट्र बैंक मौद्रिक नीतिको समीक्षा गर्ने तयारीमा रहेकाले शेयर बजारसँग केन्द्रीय बैंकका प्रमुखलाई जोडिएको थियो ।

बहिर्गमन हुनुअघि गभर्नरले शेयर बजारका लागि लचिलो नीति ल्याउने भन्दै फेसबुक लगायत सामाजिक सञ्जालमा साताभर चर्चा चलाइयो । क्लब हाउस, शेयर बजारका नाममा खोलिएका विभिन्न ग्रुप र ह्वाट्सएप ग्रुपहरूमा ‘राष्ट्र बैंकले शेयर बजारका लागि लचिलो नीति ल्याउने’ भन्दै हल्ला चलाइएको थियो ।

गभर्नरको ‘बहिर्गमन’ बहानामा उचालेर थेचारिएको साताको शेयर बजार

यो साता सामाजिक सञ्जालदेखि प्रायः सबैजसो सञ्चारमाध्यमसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘बहिर्गमन’ नै शेयर शेयर बजार सन्दर्भमा ‘हट टपिक’ बन्यो । गभर्नरको अधिकारीको कार्यकाल आगामी चैत २५ गते सकिने र राष्ट्र बैंक मौद्रिक नीतिको समीक्षा गर्ने तयारीमा रहेकाले शेयर बजारसँग केन्द्रीय बैंकका प्रमुखलाई जोडिएको थियो ।

बहिर्गमन हुनुअघि गभर्नरले शेयर बजारका लागि लचिलो नीति ल्याउने भन्दै फेसबुक लगायत सामाजिक सञ्जालमा साताभर चर्चा चलाइयो । क्लब हाउस, शेयर बजारका नाममा खोलिएका विभिन्न ग्रुप र ह्वाट्सएप ग्रुपहरूमा ‘राष्ट्र बैंकले शेयर बजारका लागि लचिलो नीति ल्याउने’ भन्दै हल्ला चलाइएको थियो ।

यस्तो छ शक्तिशाली सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को बजेट आकार सुरु विनियोजनको तुलनामा ९‍।०१ प्रतिशतले घटाउँदै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गरेका छन्‌ । प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च अनुमानलाई १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँमा झारिदिएका हुन्‌ ।

आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमार्फत आर्थिक क्रियाकलापमा तिब्रता ल्याउने उद्देश्यसहित कार्यान्वयनमा रहेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको अवस्था मिश्रित रहेको अर्थमन्त्रीले प्रतिवेदनमा उल्लेख गरेका छन्‌ ।

बैंकिङ क्षेत्रमा भ्रम छर्नेलाई कारबाही गर्न बैंकर्सहरूको माग

नेपालको बैंकिङ क्षेत्र असुरक्षित छ भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न बैंकर्सहरूले माग गरेका छन् । नेपालको बैंकिङ क्षेत्र सुरक्षित रहेको भन्दै आज नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यो विषयमा भ्रम छर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तको व्यवस्थाहरू तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणको रूपमा स्थापित भएको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरू सुरक्षित रहेको ब्यहोरा स्पष्ट पार्दछौँ’, संस्थाहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘तथ्याङ्क दरिद्रता’ भोग्दैछ सरकारको गरीब पहिचान कार्यक्रम

सरकारले एक दशकअघि गरीब घरपरिवार पहिचान कार्यक्रम थाल्यो । तर, दशक बितिसक्दा पनि सरकारले न यो कार्यक्रम सम्पन्न गर्न सकेको छ, न त लक्ष्यअनुसार गरिबी निवारणको लक्ष्य हासिल गर्न सकेको छ ।

सरकारले सुरुवात गरेको गरीब पहिचान कार्यक्रम अहिलेसम्म पनि सम्पन्न नभएको हो । रोचक पक्ष त यो छ कि सरकारले तथ्याङ्क सङ्कलन गर्दाको समयमा गरीब रहेका कैयन नेपालीहरू अहिले तुलनात्मक आर्थिक सम्पन्नताको अवस्थामा पुगिसकेका छन् ।

कर्णालीको जलमा छलैछल !

कर्णालीमा सबैको एउटै स्वर छ, ‘कर्णाली समृद्धिको आधार जल, जङ्गल र जडिबुटी हो ।’ जङ्गल र जडिबुटीमा तत्कालै लगानी बढाइहाल्ने अवस्था नभएपछि कर्णालीको जलमा अथाह लगानी सम्भावना छ । तर, कर्णालीको जलमा लगानीकर्ता, सरकारी तथा स्थानीयस्तरबाट निरन्तर छल हुँदा अथाह जलस्रोत उपयोगबिनै दक्षिणतिर बग्दो छ ।

कर्णालीमा जलविद्युत आयोजना बनाउन प्रचुर स्रोत र सम्भावना छन् । देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना (प्रस्तावित)देखि साना गरी धेरै आयोजना अध्ययन तथा लगानीका लागि देशीविदेशी लगानीकर्ताहरूले कर्णालीमा चासो राखेका छन् ।

काठमाडौंमा बढे करदाता, बालेनले बिर्सिए चुनावी बाचा

काठमाडौं महानगरपालिकामा कर तिर्ने व्यवसायीको सङ्ख्या बढिरहेको छ । तर, व्यवसायीलाई दिन भनी चुनावी प्रतिबद्धता जनाएको सुविधाबारे मेयर बालेन्द्र शाह (बालेन) मौन देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/८१ माघ २१ सम्म ७७ हजार ९४३ नयाँ व्यवसायी काठमाडौं महानगरपालिकामा आबद्ध भएका छन् ।

उक्त अवधिमा महानगरले नयाँ व्यवसाय दर्ताबाटै एक अर्ब दुई करोड ४७ लाख ५२ हजार रुपैयाँ बराबर राजस्व आर्जन गरेको छ ।

एसएमई नियमावलीमा गोलमटोल व्यवस्था

सानो पुँजी लगानीमा सञ्चालन गरिएका कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण शेयर (आइपीओ) जारी गर्ने बाटो खोलिदिएको छ । बोर्डले अघिल्लो बिहीबारबाट लागु हुनेगरी ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ जारी गरेको हो ।

बोर्डले उक्त नियमावली धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएरै कार्यान्वयनमा ल्याएको हो ।

पाथीभरालाई कालिञ्चोकबाट सुझाव – मन्दिरछेउ केबलकार राम्रो नहुने रहेछ

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा–मुक्कुम्लुङ जाने बाटोमा केबलकार बनाउन दिनुपर्ने र दिन नहुने विषयमा चलेको माथापच्ची मङ्गलबार बेलुकी भएको सहमतिसँगै तत्काललाई थामिएको छ ।

तर, तीर्थस्थल रहेको डाँडोमा व्यवसायिक प्रयोजनको केबलकार बन्दा सास्ती भोगिरहेको कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिले भने मन्दिर क्षेत्रमा केबलकार नबनाउन नै सल्लाह दिएका छन् । शाक्त परम्पराको मान्यताअनुसार पाथीभरा र कालिञ्चोक भगवती दिदीबहिनी मानिन्छन् । यी दुवै पहाडको चुचुरोमा अवस्थित छन् ।

आर्थिक वर्ष आधा गुज्रेपछि निकायगत समन्वय खोज्दै सरकार

आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रेपछि राजस्व सङ्कलन बढाउन भन्दै सरकारले निकायगत समन्वयनबारे गन्थन गरेको छ । बुधबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा विभागीय मन्त्री र सरकारी अधिकारीहरूले ‘राजस्व चुहावट नियन्त्रण थप प्रभावकारी बनाउन’ भन्दै सरोकारवाला समन्वयनको कुरा उठाएका हुन्‌ ।

चालु आर्थिक वर्ष २०८१/८२ भर १७ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य छ । तर, आधा वर्ष गुज्रिसक्दा मङ्गलबार (माघ २२)सम्म लक्ष्यको ४२.८३ प्रतिशतमात्रै राजस्व उठेको छ ।

पाथीभरा केबलकार विवाद : तत्काललाई निर्माण रोकिने, आन्दोलनका कार्यक्रम पनि फिर्ता

ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६ बुँदे सहमतिमा  हस्ताक्षर भएको छ । आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको हिमालय होटलमा भएको वार्तापछि पाथीभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगन गरिने भएको छ।

फाइल तस्बिर

केबलकारको स्टेशनबारे आगामी माघ २७ गते हुने अर्को वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको हो ।

आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवा प्रदायकको पुँजीगत लगानी घट्दो

टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरूको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरूको भविष्यसमेत सुखद नदेखिएको जानकारहरू बताउँछन् ।

कुनै समय कुल आम्दानीको झन्डै आधा रकम पूर्वाधार विकासमा खर्च गर्ने टेलिकम कम्पनीहरूले अहिले उक्त खर्चलाई १० प्रतिशतको हाराहारीमा सीमित गरेका छन् । ओभर द टप (ओटिटी) प्लेटफर्मलगायतका कारणले घट्दो आम्दानी, आवश्यक कानुनमा संशोधन नहुनु, चर्को नवीकरण शुल्क र सञ्चालनमा सहजीकरण नहुँदा टेलिकमले पूर्वाधारमा आवश्यक लगानी गर्न हिचकिचाइरहेको टेलिकम क्षेत्रका विज्ञहरूको बुझाइ छ ।

टर्दै हिउँदे वर्षा- घट्न थाल्यो बिजुली उत्पादन, खाद्यबालीमा पनि गम्भीर असर

हिमाली, पहाडी, तराई तीनै क्षेत्रमा वर्षा र हिमपात नभई यो हिउँद बितेको छ । हिमाली क्षेत्रमा हिउँ नपर्दा र अन्य भेगमा पानी नपर्दा हिउँदे बालीको उत्पादन घट्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औसतभन्दा कम पानी पर्ने अनुमान गरेको छ ।

हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको विद्युतीय ऊर्जा क्षेत्र र कृषि क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । अहिलेसम्म सुख्खायाम नै रहेकाले विद्युत् उत्पादनमा ठूलो गिरावट आइसकेको छ । अर्कातिर केही हिउँदे बालीमा नकारात्मक असर पर्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञले गरेका छन् ।

६ महिनामा भित्रियो ७ खर्ब ६३ अर्ब रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पुग्यो २३ खर्ब १६ अर्ब

चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएर ७६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । त्यस्तै, २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २३१६ अर्ब ८४ करोड पुगेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ७ : ०३ बजे

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा

रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान

काठमाडौं – सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

काठमाडौं – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने