थन्डरबोल्ट क्लब आहा राराको क्वार्टर फाइनलमा « Khabarhub

थन्डरबोल्ट क्लब आहा राराको क्वार्टर फाइनलमा


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पोखरा – भारतको थन्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनलमा पुगेको छ । शुक्रबार भएको चौथो प्रिक्वार्टर फाइनल खेलमा थन्डरबोल्टले संकटालाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनमा स्थान सुरक्षित गरेको हो ।

संकटाले खेलको १७ औं मिनेटमा मनिष पौडेलको गोलबाट अग्रता बनाए पनि ३५औँ मिनेटमा टालाले पेनाल्टीमा गोल गर्दै बराबरी गरे । दोस्रो हाफमा ७७औँ मिनेटमा करण राई र ८९औँ मिनेटमा आदर्श तामाङले गोल गर्दै थन्डरबोल्टलाई जित दिलाए ।

थन्डरबोल्टका प्रशिक्षक सोनाम छिरिङ भुटियाले योजना अनुसार खेल्दा सफलता मिलेको बताए । संकटाका प्रशिक्षक रवीन्द्र शिलाकारले खेलाडी अभावका कारण कमजोर प्रदर्शन भएको उल्लेख गरे ।

अब थन्डरबोल्टले क्वार्टर फाइनलमा माघ २९ गते उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । शनिबार पहिलो क्वार्टर फाइनलमा ब्रिगेड ब्वाइज क्लब क्लब युके र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : ३० बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा