हमासले भोलि थप तीन बन्दीलाई छाड्ने | Khabarhub Khabarhub

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा लिएका थप तीन बन्दीलाई छाड्ने भएको छ ।

युद्धविराम सम्झौताअनुसार इजरायलमा रहेका प्यालेस्टाइनी रिहाइको बदलामा थप तीन बन्दी रिहा गर्न लागिएको हमासले जनाएको हो ।

हमासले अन्तरराष्ट्रिय रेडक्रसलाई बुझाउन लागेका यी तीनै बन्दी इजरायली हुन्‌ । एली साराबी, वहद बेन अमी र ओर लेभी नाम गरेका ती बन्धकलाई हमासले शनिबार गाजापट्टीमा एक समारोह आयोजना गरी मुक्त गर्नेछ ।

यी इजरायलीलाई हमासले सन्‌ २०२३ अक्टोबर ७ मा अन्तरसीमा आक्रमण गरी नोभा म्यूजिक फेस्टिबल स्थलबाट नियन्त्रणमा लिएको थियो ।

हमासनिकट मिडियाका अनुसार यी तीन बन्दीबापत इजरायलले कम्तिमा १८३ प्यालेस्टाइनी बन्दीलाई मुक्त गर्ने अपेक्षा छ । यी मध्ये १८ लाई इजरायलले मृत्युदण्ड सुनाएको छ । ५४ लाई लामो जेल सजाय र १११ जनालाई युद्ध दौरान इजरायलले गाजापट्टीबाटै पक्राउ गरेको थियो ।

हमासकै नियन्त्रणमा रहेका नेपालका विपीन जोशीको अवस्था या रिहाइबारे भने प्यालेस्टाइन र इजरायली दुबै पक्षले हालसम्म कुनै जानकारी दिएका छैनन् ।

नेपालकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले रिहाइका लागि पहल गरिरहेको बताए पनि इजरायली स्रोतले आफूहरूले नेपाललाई अन्य कूटनीतिक च्यानल प्रयोग गर्न भनेको, तर त्यसो गरेको नपाइएको जनाइसकेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ११ : ४८ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली