भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता « Khabarhub

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहकार्य गर्ने उद्देश्यले दुवै पक्षबीच साझेदारी सम्झौता भएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा विशालकुमार भण्डारीको उपस्थितिमा आयोजित कार्यक्रममा रेडक्रसको रसुवा जिल्ला शाखाका कार्यवाहक सभापति देकीछोमो तामाङ र गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार रेडक्रस र गाउँपालिकाको समन्वयमा बाढी प्रभावित परिवारलाई तत्काल नगद सहायता उपलब्ध गराउनुका साथै अन्य मानवीय सहायता र प्रतिकार्यका कार्यक्रम सञ्चालन गरिनेछ । 

कार्यक्रममा दुवै पक्षका प्रतिनिधिले प्राप्त सहयोग पारदर्शी र व्यवस्थित रूपमा वास्तविक पीडितसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ८ : १४ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई

एनपीएलमा चितवनको दोस्रो जित, पोखरालाई लगातार चौथो हार

काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौं– पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा