सौगातसँग चैत ३ मा विवाहबारे के भन्छिन् सृष्टि ? « Khabarhub

सौगातसँग चैत ३ मा विवाहबारे के भन्छिन् सृष्टि ?


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र सृष्टि श्रेष्ठ करिब ४ वर्ष प्रेम सम्बन्धमा बसे । कुनै समय यो जोडीलाई नै एकै फिल्म प्रस्तावसमेत आउने गर्थ्यो । यो जोडीले एकले अर्कालाई फिल्ममा लिनुपर्ने सर्त राख्छन् भन्नेसम्म सुनिन्थ्यो ।

वि‍.सं. २०७९को चैतमा उनीहरुको सम्बन्धमा दरार आयो । ब्रेकअप भएको चर्चा चल्यो । यो कुरा दुवैले स्वीकार गरे । अभिनय बढी समय दिन सहमतिमै अलग भएको यी दुईले बताएका थिए ।

ब्रेकपछि पनि यी दुई एकै फिल्ममा अनुबन्ध भइरहेका छन् । ‘भाइरल गोर्खे’ फिल्मको छायाङ्कनको क्रममा यी दुई नजिक भएको बुझिएको छ ।

छुटिएको यो जोडीको गत माघमा विवाहको समेत चर्चा चल्यो । चैत ३ मा विवाह गर्दैछन् भन्ने समाचार पनि आए । तर, यसमा सृष्टिको मौन बसिन् । उनको मौनताले यो चर्चाले थप बढवा पायो ।

उनले कुनै खण्डन नगरी मौन बस्दाको अवस्थालाई धेरैले विवाहको खबर सत्य रहेको रुपमा स्वीकार गरे ।

तर, चैत ३ गते सौगातसँग विवाहको कुरा उनले ठाडै अस्वीकार गरिन् । उनले भनिन्, ‘चैत ३ मा विवाह भन्ने समचार सत्य होइन ।’

‘त्यसो भए अन्य मितिमा चाहिँ सौगतसँग विवाह हुन लागेको हो ?’ भन्ने प्रश्न सोधियो । उनको जवाफ थियो, ‘अहिलेका लागि विवाहको कुरा सत्य होइन ।’

कमल पोखरीको एक हलमा आफ्नो अभिनय रहेको फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक कार्यक्रममा बिहीबार सृष्टि उपस्थित थिइन् । त्यहाँ भने सृष्टिले सौगतसँगको प्रेम र विवाहबारे केही खुलासा गरिन् ।

विवाहको झुटो खबरमा मौन बस्नुको कारणबारे भनिन्, ‘विवाहबारेको समाचारको खण्डन नगर्नुको कारण चाहिँ झन् यो विषय जटिल बन्छ भनेर हो । समय नै सबै कुरा भन्छ भनेर मौन बसेँ ।’

सृष्टिको यो जवाफले सौगातसँग सम्बन्ध सुधारिएको संकेत गर्छ । उनीहरुको ‘प्याचअप’ भएको चर्चालाई बढवा दिन्छ ।

सौगातसँग सम्बन्ध सुधार भएको सृष्टि पनि स्वीकार गर्छिन् । उनी भन्छिन्, ‘हामी धेरै नराम्रो भएर छुटिएका थिएनौं । अहिले हामीबीच राम्रो छ ।’ उनले ‘प्याचअप’को कुरा भने स्वीकार गरिनन् ।

प्रेम, विवाह, ब्रेकअप, प्याचअपबारे हाम्रा कलाकारको बोली फेरिरहन्छ । हरौं सृष्टि आफ्नो बोलीमा कति अडिक छन् !

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : ३४ बजे

रामेछाप बस दुर्घटना अपडेट : १० जना मृतकको पहिचान खुल्यो

रामेछाप- रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२

इस्लामिक क्रान्तिका नेता खामेनीद्वारा एकताको आह्वान

एजेन्सी– इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको

गजेन्द्रनारायणको शालिकमा गाडीबाटै ‘माला फ्याँकेपछि’ विवादमा बालेन्द्र

काठमाडौं– मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा परैबाट माला

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

गण्डकी– गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको