प्रतिनिधिसभा बैठक : हेमोफिलियाको औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : हेमोफिलियाको औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न माग


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलिया रोगीले प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्ना नागरिकको जीवन बचाइदिन सभामुखमार्फत सरकारसँग माग गरेकी हुन् । 

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली २०७७ ले समेत १० वर्गका अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटेर रोगीले नियमित प्रयोग गर्नुपर्ने औषधि सम्बन्धित स्थानीय तहमार्फत् निःशुल्क उपलब्ध गराउने स्पष्ट व्यवस्था भए पनि औषधिको व्यवस्था नहुँदा बिरामीले असैह्य पिडा भोग्नु परेको सांसद गौतमले स्मरण गराइन् । 

‘कानुनमा समेत स्पष्ट व्यवस्था हुँदा पनि त्यसको कार्यान्वयन हुन नसक्दा जनताहरु अकालमा ज्यान गुमाउनु पर्ने दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भनिन्, ‘त्यसैले सरकारले मानव अधिकार र नेपालको संविधानले नै सुनिश्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हेमोफिलियाको रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्नो नागरिकको जीवन बचाइदिन सभामुखमार्फत जोडदार माग गर्दछु ।’

हेमोफिलिया रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तस्राव हुँदा रगत रोकिँदैन । समयमा नै उपचार नपाए बिरामीको ज्यानै समेत जान्छ । पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्यु भइसकेको सांसद गौतमले संसद्लाई जानकारी गराइन् ।

बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४ हजार ९३७ जना रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ०९ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी