ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति « Khabarhub

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या आरोपमा थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार उक्त आदेश दिएको हो । यससँगै थापालाई दोस्रो पटक थप पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न बाटो खुलेको छ । यसअघि दिइएको म्याद सकिएपछि उनलाई प्रहरी वृत्त बालाजुले अदालतमा पेश गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जेठ २२ गते राति थापाले आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या गरेका थिए । घटनामा संलग्न भएको आरोपमा थापाकी प्रेमिका सहित थप तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ ।

मृतक भुजेल नेपाली सेनामा सुवेदार पदमा कार्यरत थिइन् । प्रारम्भिक अनुसन्धानले घरायसी विवादकै कारण हत्या भएको संकेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनका अनुसार दम्पतीबीच सम्बन्ध अत्यन्तै तनावपूर्ण र कटुतापूर्ण रहेको देखिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १० : ५३ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित