काब्रेका स्थानीय भन्छन्- भोट हालेकै नेताले गाउँ छुट्याएर पानी बाँडे « Khabarhub

काब्रेका स्थानीय भन्छन्- भोट हालेकै नेताले गाउँ छुट्याएर पानी बाँडे


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-४ काब्रेका स्थानीयले खानेपानी तथा सिचाइ अभावको कारण धेरै समस्या भोग्नु परेको छ।

वडा नम्बर-४ काब्रेअन्तर्गत पर्ने खड्का टोल, स्वारा, बस्नेत टोल, ठुलचौर, सिमचौर र विक टोलका स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या खेप्नुपरेको गाउँपालिका अध्यक्ष छवि लामासमक्ष गुनासो पोखेका छन् ।

शुक्रबार बिहान स्थानीयको माग र अनुरोधलाई सम्बोधन गर्न खड्का टोल पुगेका अध्यक्ष लामालाई स्थानीयले सामूहिक भेट गरेर खानेपानी समस्याका सवालमा गुनासो पोख्दै समाधान गरिदिन अनुरोध गरेका थिए ।

उनीहरूले गाउँपालिकामै खानेपानी मुहानको प्रमुख वडा रहे पनि आफूहरूले उपभोग गर्न नपाएको सुनाएका थिए ।

गाउँमा भएका खानेपानी मुहानलाई राजनीतिक स्वार्थको आधारमा गाउँका जान्ने सुन्ने तथा वडाका जनप्रतिनिधिले अन्यत्र लगेको तर आफूहरूलाई उपभोग गर्न मिल्ने गरी एउटा धारोसमेत नछाडेको सामूहिक भेलामा उपस्थित स्थानीयहरूको दुखेसो रहेको थियो ।

गाउँका जान्ने सुन्ने नेताले संघ तथा प्रदेशबाट आउने दर्जनौँ खानेपानी योजना घर माथिबाट लैजाने गरेको तर आफूहरू सधैँ काकाकुल बनेर बच्नु परेको स्थानीय जित बहादुर दाहालले बताए ।

गाउँका नेता भनाउँदाले आफ्ना कार्यकर्ताको पेट भर्न मात्रै बजेट ल्याउने र योजना बढ्ने गरेको छलफलमा उपस्थिति स्थानीयको आक्रोश थियो ।

पटक पटक भोट दिएका नेताले गाउँ छुट्याएर खानेपानी बाँड्ने गरेकाले आफूहरूले स्थानीय सरकार प्रमुखलाई गुहार्नु परेको सुनाए । 

आफूहरूले भोट दिएर जिताएका वडाका जनप्रतिनिधिले जनताको आवश्यकता पुरा गर्नुको साटो स्थानीय खरिखोलाका पानीका मुहान मात्रै बाँड्ने काम गरेको स्थानीयको दुखेसो रहेको थियो।

स्थानीयका माग र समस्यालाई सम्बोधन गर्दै पालिका अध्यक्ष छवि लामाले आउँदो आर्थिक वर्षको बजेट कार्यक्रममा वडा नम्बर-४ का स्थानीयको आवश्यकता र खानेपानी समस्या समाधान गर्ने बताए।

अध्यक्ष लामाले आफू वैतेश्वर गाउँपालिका अध्यक्ष बनेको सात वर्ष बित्दा समेत यहाँका स्थानीयले आफ्ना समस्या लिएर पालिका नआएकोले खानेपानी समस्या खेप्नुपरेको उल्लेख गरे।भेलामा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै मुख्यगरी खानेपानी समस्या रहेको वडा नम्बर-४ खड्का टोल,बस्नेत गाउँ,कार्की गाउँ,सिमचौर,ठुलाबन क्षेत्रका बस्तीलाई पहिलो प्राथमिकता दिएर खानेपानी योजना छनोट गर्ने बताए।

उनले प्रदेश तथा संघीय सरकार मार्फत वडा नम्बर-४ मा आएका खानेपानी योजनाको स्थलगत अनुगमन गरेर पालिकाले पनि बजेट सुनिश्चित गरेर यहाँका स्थानीयलाई एक घर एक धारा कार्यक्रम जोड्ने समेत उल्लेख गरे ।

वडा नम्बर-४ मा चालु वर्ष प्रदेश र केन्द्र सरकारमार्फत ७ वटा खानेपानी योजना परे पनि ती योजनाले स्थानीयलाई सम्बोधन गर्न नसकेपछि स्थानीयले पिउने र सिचाइ गर्न पानी अभाव भएपछि सामूहिक भेला भएर आक्रोश पोख्दै समस्या बाहिर ल्याएका हुन । – सुबास बस्नेत

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : २१ बजे

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन

म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित

म्याग्दी– निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सुनसरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय