भूकम्पपीडितलाई तत्काल राहत पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

भूकम्पपीडितलाई तत्काल राहत पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पपीडितहरूलाई तत्काल राहत पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भूकम्प पीडितलाई तत्काल राहत पुर्‍याउने   बताएका हुन् ।  

आइतबार नै जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कार्यालय स्थापना गरेर भूकम्प पीडितका लागि काम सुरु गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘आइतबार नै गृहमन्त्री आएर कार्यालय स्थापना गर्दै हुनुहुन्छ,’ उनले भने, ‘पीडितलाई स्थानीस्तरबाटै राहत उपलब्ध गराउने लक्ष्य सरकारको छ ।’ 

प्रधानमन्त्री ओलीले भूकम्प पीडितका नाममा केही बेथिति भएको बताए । ‘जाजरकोटमा सबै घर ४८ हजार छैनन्, पहिलो किस्ता ४८ हजारलाई बाँड्यौँ,’ उनले भने, ‘यो बेतिथि हो, यस्ता घटनाहरूलाई अवसरको रूपमा लिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री’ जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन गर्ने बताए । उनले प्रधानमन्त्री लेखिएको ठाउँमा ‘राष्ट्रिय’ शब्द राखिने बताए । 

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत प्रधानमन्त्री शब्द जोडिएका नाम हटाएर राष्ट्रिय राख्ने तयारी छ,’ उनले भने,‘अब प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम राख्दै छु,’ 

प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयर–अध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी नरहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ०७ बजे

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव