आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी « Khabarhub

आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा राजस्थान रोयल्सविरुद्ध २८६ रन बनाएर ४४ रनको जित निकाल्दै शानदार सुरुवात गरेको सनराइजर्स हैदरावादले त्यसपछि लगातार चौथो खेल गुमाएको छ। आइतबार राति गुजरात टाइटनसँग ७ विकेटले पराजित भएसँगै सनराइजर्स पाँच खेल खेल्दा दुई अंकसहित तालिकाको पुछारमा छ। गुजरात भने ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

यस सिजनको आईपीएलमा साविक उपविजेता हैदरावादले गएराति लगातार चौथो पराजयको सामना गरेको हो। आइतबार भएको खेलमा हैदरावादले दिएको १५३ रनको लक्ष्य गुजरातले ३ विकेटको क्षतिमा २० बल बाँकी रहँदा पुरा गरेको हो।

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ६१ रन जोडे। यसैगरी वासिङ्टन सुन्दरले मोहम्मद सामीको बलमा आउट हुनु अघि २९ बलमा ४९ रन जोडे। सेरफाने रुदरफोर्डले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३५ रन जोडे।

गुजरात सुरुवातमा धरमराएको थियो। चौथो ओभरको पाँचौँ बलमा दोस्रो विकेटको रूपमा जोस बटलरलाई गुमाउँदा गुजरातले १६ रन जोडेको थियो। साइ सुदर्शनलाई ५ रनमा सामीले आउट गरेका थिए भने बटलरलाई शून्य रनमा प्याट कुमिन्सले आउट गरे।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा १५२ रन जोड्यो। हैदरावादलाई नितिसकुमार रेड्डीले ३१ रन जोडे। उनले यसका लागि ३४ बल खेलेका थिए। हेन्रिक क्लासेनले २७ तथा कप्तान प्याट कुमिन्सले अविजित २२ रन जोडे। ९ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

गुजरातका मोहम्मद सिराजले हैदरावादविरुद्ध घातक बलिङ गरे। उनले चार ओभरमा १७ रन खर्चेर चारविकेट लिए। यसैगरी प्रसिद्ध कृष्णले चार ओभरमा २५ रन खर्चेर दुई विकेट हात पार्दा साइ किशोरले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। खेलमा सिराज प्लेयर अफ द म्याच चुनिए।

हैदरावाद ५ खेलमा २ अंक जोडेर पुछारमा छ। लगातार तेस्रो जित हात पारेको गुजरात ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। आईपीएल अन्तर्गत मंगलबार मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बंग्लोरु भिड्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

JPG converted with https://ezgif.com/webp-to-jpg

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : १० बजे

रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति

दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार

रुपन्देही–४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

देवदह– ‘मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं– नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय