महेन्द्रसिंह धोनीले आईपीएलबाट सन्यास लिन लागेका हुन् ? « Khabarhub

महेन्द्रसिंह धोनीले आईपीएलबाट सन्यास लिन लागेका हुन् ?


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बहुचर्चित टी-ट्वान्टी क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी १८औँ संस्करणका सर्वाधिक लोकप्रिय खेलाडी मध्येमा पर्छन्, महेन्द्रसिंह धोनी ।

जारी संस्करणमा चेन्नईको खेल हेर्दा धोनीको भविष्यमाथि भने प्रश्न उठिरहेको छ । आईपीएलको १८औँ संस्करणमा धोनीले बिजुलीको गतिमा जसरी दुईपटक ‘स्टम्प’ गरे, त्यसको चर्चा पनि धेरै नै भयो ।

चेन्नई सुपर किङ्स (सीएसके)का लागि खेल्दै आएका धोनीले आईपीएलबाट सन्यास लिन लागेको चर्चा पनि विगत दुई वर्षदेखि चलिरहेको छ । तर, त्यो अनुमान अड्कालबाजीमा मात्रै सीमित देखिएको छ ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका धोनीले आईपीएलबाट सन्यास लिने अड्कालबाजीप्रति प्रतिक्रिया दिएका छन् ।

भारतीय पडकास्टर राज शमानीसँगको कुराकानीमा उनले सन्यासबारे गरिएको प्रश्नको जवाफ दिएका छन् ।

‘म अहिले आईपीएल खेलिरहेको छु । ४३ वर्षको भएँ, जुलाईमा ४४ वर्षको हुन्छु,’ धोनीले भनेका छन्, ‘यसपछि मैले आगामी एक वर्ष खेल्ने कि नखेल्ने भन्नेबारे मसँग १० महिनाको समय हुन्छ । तर, यसको निर्णय तपाईं गर्न सक्नुहुन्न । त्यसको फैसला तपाईंको शरीरले गर्छ ।’

भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० देखि नै सन्यास लिइसकेका छन् । उनी आवद्ध सीएसकेले जारी आईपीएलमा खेलेका चारमध्ये एक खेलमात्रै जितेको छ ।

धोनीले दिल्ली क्यापिटल्स (डीसी)सँगको खेलमा २६ बलमा ३० रन बनाएका थिए । उनी जुन क्रममा ब्याटिङ गर्न पिचमा आउँछन्, त्यसमा पनि क्रिकेटप्रेमीले सवाल उठाइरहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ११ : १० बजे

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको