महेन्द्रसिंह धोनीले आईपीएलबाट सन्यास लिन लागेका हुन् ? « Khabarhub

महेन्द्रसिंह धोनीले आईपीएलबाट सन्यास लिन लागेका हुन् ?


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बहुचर्चित टी-ट्वान्टी क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी १८औँ संस्करणका सर्वाधिक लोकप्रिय खेलाडी मध्येमा पर्छन्, महेन्द्रसिंह धोनी ।

जारी संस्करणमा चेन्नईको खेल हेर्दा धोनीको भविष्यमाथि भने प्रश्न उठिरहेको छ । आईपीएलको १८औँ संस्करणमा धोनीले बिजुलीको गतिमा जसरी दुईपटक ‘स्टम्प’ गरे, त्यसको चर्चा पनि धेरै नै भयो ।

चेन्नई सुपर किङ्स (सीएसके)का लागि खेल्दै आएका धोनीले आईपीएलबाट सन्यास लिन लागेको चर्चा पनि विगत दुई वर्षदेखि चलिरहेको छ । तर, त्यो अनुमान अड्कालबाजीमा मात्रै सीमित देखिएको छ ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका धोनीले आईपीएलबाट सन्यास लिने अड्कालबाजीप्रति प्रतिक्रिया दिएका छन् ।

भारतीय पडकास्टर राज शमानीसँगको कुराकानीमा उनले सन्यासबारे गरिएको प्रश्नको जवाफ दिएका छन् ।

‘म अहिले आईपीएल खेलिरहेको छु । ४३ वर्षको भएँ, जुलाईमा ४४ वर्षको हुन्छु,’ धोनीले भनेका छन्, ‘यसपछि मैले आगामी एक वर्ष खेल्ने कि नखेल्ने भन्नेबारे मसँग १० महिनाको समय हुन्छ । तर, यसको निर्णय तपाईं गर्न सक्नुहुन्न । त्यसको फैसला तपाईंको शरीरले गर्छ ।’

भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२० देखि नै सन्यास लिइसकेका छन् । उनी आवद्ध सीएसकेले जारी आईपीएलमा खेलेका चारमध्ये एक खेलमात्रै जितेको छ ।

धोनीले दिल्ली क्यापिटल्स (डीसी)सँगको खेलमा २६ बलमा ३० रन बनाएका थिए । उनी जुन क्रममा ब्याटिङ गर्न पिचमा आउँछन्, त्यसमा पनि क्रिकेटप्रेमीले सवाल उठाइरहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ११ : १० बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल