काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा « Khabarhub

काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ । 

महानगरको कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले खबरहबलाई जानकारी दिएका छन् । 

महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले जानकारी दिएका छन् । महागरको २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी गरेको मानन्धरले जानकारी दिएका छन् । 

काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो । 

मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन । संघीय सरकारले गुरागाईंलाईनै काम गर्न दिनु भन्दै बालेनलाई भनेको थियो । 

यता कर्मचारी र जनप्रतिनिधिले भने गत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जबर जस्ती कार्यालय प्रवेश गराएका थिए । कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै गुरागाईँले २२ गते शुक्रबार खर्च निकासा गरेका थिए । 

शनिवार र आइतबार सार्वजनिक बिदा भएकाले गर्दा कर्मचारीहरूको खातामा आज सोमबार मात्र तलब आएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ३६ बजे

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली