जनताका असन्तुष्टि भजाएर धमिलो पानीमा माछा मार्ने राजावादीको प्रयत्न अनुचित : उपमहासचिव ज्ञवाली « Khabarhub

जनताका असन्तुष्टि भजाएर धमिलो पानीमा माछा मार्ने राजावादीको प्रयत्न अनुचित : उपमहासचिव ज्ञवाली


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजावादीले जनताका केही असन्तुष्टि भजाएर धमिलो पानीमा माछा मार्नका लागि गरिरहेको प्रयत्न अनुचित रहेको बताएका छन् ।

गणेशमान सिंह फाउन्डेसनले सोमबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘आज नेपाल जहाँ छ हामीले गर्व गर्ने ठाउँछ भन्ने मलाई लाग्छ । थुप्रै कमीहरू पनि छन् । तर, अहिले जुन ढंगले जनताका असनतुष्टि क्यास गर्न, त्यसलाई भड्काउन कोसिसहरू भइरहेको छ,’ ज्ञवालीले भने, ‘डेमोक्रेसीभन्दा बाहिर पो नेपालको भविश्य छ कि भन्ने ढंगले जुन धमिलो पानीमा माछा मार्ने जुन प्रयत्न भइरहेको छ, त्यो विल्कुल अनुचित छ ।’

उनले प्रजातन्त्रमा आलोचना हुनु स्वाभाविक भएको र आलोचनाको स्थान प्रजातन्त्रले मात्रै दिने पनि जिकिर गरे । ‘अहिले केही प्रश्न पनि उठेका छन् । डेमोक्रेसीको बारेमा आलोचना हुनु स्वाभाविक पनि हो । किन भने डेमोक्रेसीले नै त्यो स्पेस उपलब्ध गराउँछ,’ ज्ञवालीले भने, ‘डेमोक्रेसीमा डेमोक्रेसीको बारेमा पनि आलोचना गर्न पाउँछ । डेमोक्रेसीको पनि विरोध गर्न पाइन्छ । त्यसलाई हामीले स्वाभाविक रुपमै लिनुपर्छ ।’

दुई–दुईपटक खोसिएको प्रजातन्त्रलाई आन्दोलनबाट फेरि प्राप्त गरेर लोकतान्त्रिक गणतन्त्रको तहसम्म स्तरोन्नति गरिएको र अहिले आफूहरू त्यसलाई सुदृढ गर्ने अभियानमा रहेका पनि बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ४१ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

बेरुत- इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि

अन्तरदेशीय अपराधविरुद्ध छिटो र बलियो सहकार्य गर्न नेपालको जोड

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले नेपालले बढ्दो अन्तरदेशीय अपराध नियन्त्रणका

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि