जडीबुटी कम्पनीमा आगो लगाउँदाकै टी-सर्टमा घुमिरहेका थिए कुमार तामाङ « Khabarhub

राजावादी आन्दोलन

जडीबुटी कम्पनीमा आगो लगाउँदाकै टी-सर्टमा घुमिरहेका थिए कुमार तामाङ

ट्राफिक लाइट तोडफोडमा पनि उनकै नेतृत्व


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा गत चैत १५ गते आगो लगाउने समूहका युवामध्ये मुख्य नाइकेलाई पक्राउ गरेको छ ।

तत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा सरकारको नाफामा रहेकोमध्ये एक औषधि उत्पादक कम्पनीमा आगो लगाएर करिब २८ करोडको क्षति गराउनेमध्येका एक कुमार तामाङलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

चैत १५ गते दिउँसो तीनकुनेबाट ताण्डव मच्चाउँदै कोटेश्वरबाट जडीबुटी पुगेकामध्ये सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताएअनुसार तामाङलाई जडीबुटी कम्पनीमा आगो लगाउँदाकै हुलियामा पक्राउ गरिएको हो ।

‘जडीबुटी कम्पनीमा आगो लगाउने समूहका नाइकेमध्ये उनी एकजना हुन्’, जिसीले खबरहबसँग भने, ‘उनी नेतृत्वको समूहले जडीबुटी कम्पनीमा आगो लगाउने काम गरेको थियो । उक्त कम्पनीमा आगो झोस्ने काम उनै कुमारले गरेको हामीकहाँ प्राप्त भिडियो र फोटोबाट पुष्टि भइसकेको छ ।’

प्रहरी उपरीक्षक जिसीका अनुसार जडीबुटी चोकस्थित ट्राफिक लाइट फुटाउने काम पनि उनै कुमारले गरेका थिए । ‘जडीबुटीको ट्राफिक लाइट उनैले फुटाउँदै गरेको भिडियो हामीकहाँ आइसकेको छ’, जिसीले भने, ‘ट्राफिक लाइट फुटाएपछि कुमार नेतृत्वका युवाहरू जडीबुटी कम्पनीमा पसेका थिए । त्यहाँ पसेर कुमारले नै आगो सल्काउँदै गरेको दृश्यसहितको भिडियो पनि हामीले फेला पारेका छौँ ।’

रोचक के छ भने प्रहरीले कुमारलाई ट्राफिक लाइट फुटाउँदा र जडीबुटी कम्पनीमा आगो लगाउँदा लगाएको नीलो टी-सर्टसहित पक्राउ परेका हुन् ।

‘कुमारलाई ट्राफिक लाइट फुटाउँदा र जडीबुटी कम्पनीमा आगो सल्काउँदा लगाएकै टी-सर्ट पहिरिएको अवस्थामा पक्राउ गरेका छौँ’, जिसीले भने, ‘उनीसहित पक्राउ परेका चारैजनालाई म्याद थपेर अनुसन्धान अघि बढाइसकेका छौँ ।’

को-को समातिए ?

जिसीले खबरहबलाई बताएअनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये अहिलेसम्म चारजना समातिएका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बस्ने दिनेश खड्का छन् । उनलाई प्रहरीले चैत १८ गते काठमाडौंबाटै पक्राउ गरेको हो ।

त्यसैगरी उक्त कम्पनीमा आगो झोस्नेमध्ये अर्का युवक ताप्लेजुङको फुङलिङ नगरपालिका-३ बस्ने सुशील बराल छन् । उनलाई चैत १९ गते समातिएको हो ।

जडीबुटी कम्पनीमा आगो लगाउने अर्का युवकमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ निवासी केशव बस्नेत रहेका छन् ।

पछिल्लो पटक आइतबार सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पनि प्रहरीले उक्त उद्योगमा आगो लगाएको अभियोगमा पक्राउ गरेको छ।

तामाङले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेको पाइएको छ।

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : ३५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका