अर्थसंक्षेप : कामु गभर्नरको जिम्मेवारी तिम्सिनालाई, ३३ अंकले घट्यो नेप्से र ट्रम्पको भन्सार शुल्कले ‍शेयर बजार आतङ्कित « Khabarhub

अर्थसंक्षेप : कामु गभर्नरको जिम्मेवारी तिम्सिनालाई, ३३ अंकले घट्यो नेप्से र ट्रम्पको भन्सार शुल्कले ‍शेयर बजार आतङ्कित


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ट्रम्पको भन्सार शुल्कले ‍शेयर बजार आतङ्कित

चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।

विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् तर बेइजिङले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कहरूको सामना गरिरहेको सङ्केत दिएको छ ।

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य

सोमबार शेयर बजार राताम्य भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षीय कार्यकाल सकाएर घर फर्किएका छन् ।

गभर्नर अधिकारी घर गएपछिको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.३३ अंकले घटेको छ । सरकारले गभर्नर नियुक्त गर्ने भन्ने चर्चाबीच सोमबार नेप्से १.२३ प्रतिशतले घटेर २६७० विन्दुमा पुगेको हो ।

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघिका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकाल सकेर चैत २४ गते नै राष्ट्र बैंकबाट बाहिरिएका छन् । तर, सरकारले सत्तापक्षीय गठबन्धनमा नै पात्र छनोटको सहमति गर्न नसक्दा अर्थ मन्त्रालयले पुनः कायममुकायम गभर्नर तोकेको हो ।

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण

बस्ती संरक्षणका लागि नदीमा ग्याबियन पर्खाल निर्माण

काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा

काठमाडौं महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ ।

महानगरको कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएको महानगरका प्रवक्ता नवीन मानन्धरले खबरहबलाई जानकारी दिएका छन् ।

महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको मानन्धरले जानकारी दिएका छन् । महागरको २९ सय व्यक्तिलाई ११३ करोड रुपैयाँ भुक्तानी गरेको मानन्धरले जानकारी दिएका छन् ।

महानगर तलब : बालेन, सुनिता र वडाध्यक्षले पाएनन्, अरू क–कसको बाँकी ?

शुक्लाफाँटा निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा

भारतीय शेयर बजार ‘क्र्यास’

शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : १३ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने