प्रधानमन्त्रीबाट राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना « Khabarhub

प्रधानमन्त्रीबाट राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर ‘फेसबुक’मा पोष्ट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्– ‘आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना ।’

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : २२ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब