लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ « Khabarhub

लागूऔषध कारोबारमा संलग्न तीन जना पक्राउ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रहरीले धरानका विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषधसहित दुइजनाई पक्राउ गरेको छ । मंगलबार पक्राउ गरेपनि थप अनुसन्धानपछि उनीहरूलाई बुधबार मात्र सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका-३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट ३१ वर्षीय निखिल भनिने वसन्त राजवंशी लागूऔषधसहित पक्राउ परेका हुन् । 

राजवंशीको स्थायी ठेगाना भने कैलालीको धनगढी रहेको प्रहरीले जनाएको छ । लागूऔषध ओसार पसार र बिक्री वितरण गर्नका लागि उनले धरान रोजेको प्रहरीले जनाएको छ । उनका साथबाट ३ सय ७० स्पास्मो प्रोक्सिवन क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी सोही साँझ धरान–८ स्थित सभागृह नजिकैको घरमा छापा मार्दा ३८ वर्षीय मनोज बिक पक्राउ परेका छन् । 

बिकको कोठाबाट ८ सय ९२ स्पास्मोप्रोक्सिभन क्याप्सुल, ४० बोतल कोडिनयुक्त सिरप बरामद गरेको प्रहरीले जनाएको छ । स्पाज्मो प्रोक्सिवन औषधी नेपालमा प्रतिबन्ध लगाइएको छ । यो अति दुखाई भएको बेला चिकित्सकले निगरानीमा सेवन गर्ने औषधी हो । यसले शरीरको नशालाई संवेदनाहीन बनाउँछ ।

यसअघि प्रहरीले बैशाख २२ गते दिउसो धरान–४ पत्रङ्बारीस्थित लामाचौर अस्थायी प्रहरी चौकीको गस्ती टोलीले १५ किलो गांजासहित धनकुटाको चौविसे–३ बस्ने १९ वर्षीय सुजन राईलाई पक्राउ गरेको थियो । धनकुटाबाट धरान तिर आइरहेको बा ४२ प ९८३६ नम्बरको मोटरसाइकल रोकेर चेकजांज गर्दा तयारी गांजा रातो जेब्रा झोलामा लुकाएर ल्याएको अवस्थामा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका तीनै जनालाई धरानस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा  राखी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ३८ बजे

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

लन्डन- बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान– अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा