‘लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो’   « Khabarhub

‘लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो’  


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताएका छौँ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा  आयोजित अन्तरक्रिया कार्यक्रममा उनले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेखनीय योगदान रहेको पत्रकारिता क्षेत्रको विकास,  विस्तार र प्रवर्द्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री भण्डारीले सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको विद्यमान अवस्थामा आमसञ्चार क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन पत्रकार जगत्बाट सरकारलाई रचनात्मक सुझाव प्राप्त हुने अपेक्षा गरे । 
 
आमजनतामा भ्रम सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रपञ्च मुलुकमा भइरहेको उल्लेख गर्दै उनले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउन अनुरोध गरे ।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र पत्रकारिता क्षेत्रको भविष्य सुनिश्चत हुने प्रसङ्ग उल्लेख गर्दै पत्रकारको हकहितका पक्षमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘विश्वसनीय सूचनाको अधिकार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ मनाइको पत्रकारिता दिवसका अवसरमा आयोजित सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले ‘पत्रकारिताको समस्या र समाधानका विषय’मा कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ०७ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन