प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव « Khabarhub

प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाले बामपन्थी नेता प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो । 

बैठकले नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । 

नेपालको ७१ वर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो । उनी पहिलो पटक २०५० सालमा एमालेका तर्फबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए भने विक्रम संवत् २०५६ मा काठमाडौं जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : १८ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा