प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ « Khabarhub

प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले रु ४० लाख ३२ हजार ५०० हुन्डीको रकमसहित दुई जनालाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा भारत कोलकाता–६ डिनाथ रोड यादवपुर घर भई हाल काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त तथा रुपन्देही, देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–१५ तिनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरीले कामपा–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा रितपूर्वक खानतलासी गर्दा हुन्डीको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।”

पक्राउ परेकाहरुलाई उक्त रकम र बरामद गरिएका सामानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : २९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं