जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल « Khabarhub

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको छ ।

शुक्रबार राति भएको समूह ‘एल’को खेलमा भ्रमणकारी क्रोएसियाले जिब्राल्टरलाई ७–० गोलले हराएको हो ।

खेलको २६औँ मिनेटमा मारियो पासालिकको गोलमा अग्रता लिएको क्रोएसियाका लागि ३०औँ मिनेटमा एन्टे बुडिमिरले गोल गरेका थिए ।

यस्तै, ६०औँ र ६३औँ मिनेटमा फ्रान्जो इभानोभिक गोल गरे । ७३औँ मिनेटमा इभान पेरिसिक तथा ७७औँ र ७९औँ मिनेटमा आन्द्रे कारामिकले गोल गरे ।

समूहमा पहिलो खेल खेलेको क्रोएसिया ३ अंकका साथ तेस्रो स्थानमा छ भने तीन खेल खेलेको जिब्रल्टर अंकविहीन छ ।

सोही समूहको अर्को खेलमा चेक गणतन्त्रले मन्टेनेग्रोलाई २–० गोलले हरायो । चेकका लागि अडाम होलोजेक र प्याट्रिक सियोकले गोल गरे ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल