बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव मजबुत बनाएको छ : सभामुख घिमिरे « Khabarhub

बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव मजबुत बनाएको छ : सभामुख घिमिरे


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताएका छन् ।

बकर इदको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानूनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएकाले यसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मान र संरक्षण सुनिश्चित गरेको पनि बताएका छन् ।

उनले भनेका छन्– ‘हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ ।’

सभामुख घिमिरेले बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ८ : १८ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक