विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान : राष्ट्रियसभा अध्यक्ष


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आआफ्नै संस्कृति, परम्परा र चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएकाे बताएका छन् ।

इस्लाम धर्मावलम्बीको विशेष पर्व बकर ईदको अवसरमा  शुभकामना व्यक्त गर्दै उनले बकर ईद पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

दाहालले भनेका छन्– ‘पर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।’

यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष दाहालको भनाइ छ । 

बकर ईदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोल्लास पूर्वक मनाउने गरिन्छ । भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरबाट लाखौँ इस्लाम धर्मावलम्बी पुग्दछन् ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट २०७२ सालमा सङ्घीय गणतान्त्रिक व्यवस्थासहितको संविधान निर्माण भएको उल्लेख गर्दै उनले संविधानले नै नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्रको रूपमा परिभाषित गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : १३ बजे

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था