जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह « Khabarhub

जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील बन्नुपर्ने बताएकी छिन् ।

राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शनिबार धनगढीमा सम्बोधन गर्दै उनले सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिन आग्रह गरिन् ।

परराष्ट्रमन्त्री राणाले संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरूले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरूलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिइन् । अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन कसरी सहज र नागरिकको पहुँचयुक्त बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री राणाको भनाइ थियो ।

उनले भनिन्, ‘राहदानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन । तर पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु । सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वभाविकै हो । यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरूकै भूमिका बढी रहन्छ ।’

मन्त्री राणाले राहदानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरूका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन् । 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १२ : २४ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक