समस्या बुझ्न जनता माझ माओवादी केन्द्र : नेता पोखरेल « Khabarhub

समस्या बुझ्न जनता माझ माओवादी केन्द्र : नेता पोखरेल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले नागरिकको समस्या बुझ्न माओवादी केन्द्र जनताको माझमा पुगेको बताएका छन् । 

आज पत्रकारहरूसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। 

उनले भने, ‘जनताको समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ ।’

अन्य दलहरूसँगको कार्यगत एकता एवं एकीकरण गर्ने क्रममा अघि बढेको उनले जानकारी दिए । फरक प्रसङ्गमा उनले पूर्वप्रधानमन्त्रीलाई अख्तियारले गरेको अनुसन्धानलाई प्रतिशोधको आरोप लगाए। उनले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नीतिगत निर्णय भन्ने गरिएको बताए।

उनले भने, ‘जनप्रतिनिधिलाई जनता र राष्ट्रप्रति उत्तरदायी बनाउने कुरा राम्रो हो, तर त्यसलाई गलत प्रयोग गर्दा प्रतिशोध हुन्छ ।’

सरकारले भिजिट भिसाको विषयमा आयोग बनाएर छानबिन गर्नुपर्ने उनले बताए। संसद्मा प्रश्न उठिसकेपछि राज्यले त्यसलाई अध्ययन गर्नका लागि आयोग बनाएर छानबिन गर्नुपर्छ भन्दै उनले माओवादी केन्द्रले अहिले आयोगको माग गरेको बताए।
 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ११ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय