चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह « Khabarhub

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ ।

शनि दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा हुने अनुमान गरिएको छ ।

जिआङ्सु, आन्हुई, हुबेई र चेजियाङका केही स्थानहरूमा १८० मिलिमिटरसम्म वर्षा हुन सक्ने जनाइएको छ । कतिपय क्षेत्रमा एक घण्टामै ८० मिलिमिटर वा सोभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ, जससँगै मेघगर्जन र हुरीसमेत देखापर्न सक्ने अनुमान छ ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई शहरी तथा ग्रामीण क्षेत्रका ढल तथा निकास प्रणालीको निरीक्षण र पूर्वतयारी गर्न सुझाव दिइएको छ ।

चीनमा प्रयोग गरिने चार-स्तरीय रङ्गको चेतावनी प्रणालीअनुसार, रातो सबैभन्दा उच्च जोखिम जनाउने रङ्ग हो भने त्यसपछिका क्रमशः सुन्तला, पहेँलो र नीलो रंगले घट्दो स्तरका खतरा दर्शाउँछन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ३ : २३ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक