राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो « Khabarhub

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको भवन निर्माण गर्न रकम विनियोजन गरेको विषयमा राप्रपाको युवा संगठनले आपत्ति जनाएको छ ।

राष्ट्रिय सम्पत्तिको संरक्षणको पक्षपाति र स्रोत साधनको दुरुपयोग गर्ने प्रवृत्तिको विरोधि भएको बताउँदै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले तरुण दललाई विनियोजन गरिएको बजेट राज्यकोषको दुरुपयोग भएको ठहर गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै युवा संगठनले विज्ञप्तिमा भनेको छ –‘कांग्रेस निकट तरुण दलको भवन निर्माणमा राज्यकोषबाट बजेट विनियोजन भएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
दलको वा संगठनको कार्यालय उसको सदस्यहरूबाट वा शुभेच्छुकहरूबाट चन्दा उठाएर बनाउने हो, राज्यकोषबाट रकम विनियोजन गर्नु सर्वथा गलत र अनुपयुक्त हुन्छ ।’

सत्तारुढ दलको संगठनको भवन बनाउने गलत परम्परा बस्दै जाने युवा संगठनको मत छ । विज्ञप्तिमा भनिएको छ, ‘दलको नेतैपिच्छेका स्मृति भवन बनाउँदै जाने हो भने त्यसको होडबाजी नै नचल्ला भन्न सकिन्न !’

राप्रपाको युवा संगठनले तरुण दलका लागि बजेट विनियोजन हुनु अनुचित र अलोकप्रिय कदम भनेको छ । विज्ञप्तिमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रचार संयोजक कल्याणविक्रम आचार्यले भनेका छन्, ‘यस्ता अनुचित र अलोकप्रिय कदमहरू अविलम्ब संशोधन गरिनुपर्छ भन्ने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको स्पष्ट धारणा रहेको छ ।’

शहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षमा बहुवर्षीय योजनाअन्तर्गत ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ का लागि बजेट विनियोजन भएको छ ।

नेपाल तरुण दलको केन्द्रीय कार्यालयले नेपाल तरुण दलको भवन निर्माणार्थ ३ करोड रुपैयाँ विनियोजन गरिदिएको भन्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आभार प्रकट गरेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ३ : ४५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी