इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप « Khabarhub

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी मुलुकहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको कडा आलोचना गर्दै उक्त निर्णयलाई ‘जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब’ भएको बताएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी पहिलेको कार्यकालमा लागू गरिएको जस्तै व्यापक प्रतिबन्धहरू पुनः लागू गर्ने घोषणा गरेका थिए । उक्त निर्णय कोलोराडोमा आयोजित एक इजरायल समर्थक भेलामा भएको आगजनी आक्रमणपछि राष्ट्रिय सुरक्षाको आधारमा गरिएको हो ।

इरानी विदेश मन्त्रालयअन्तर्गत विदेशस्थित इरानी नागरिक मामिलाका महानिर्देशक अलिरेज़ा हाशेमी–रजा का अनुसार, जुन ९ देखि लागू हुने यो प्रतिबन्ध ‘अमेरिकी नीतिनिर्माताहरूमा जातीय श्रेष्‍ठताको सोच हाबी भएको स्पष्ट संकेत’ हो ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयले इरानी तथा मुस्लिम समुदायप्रति अमेरिकी नीतिनिर्माताहरूको गहिरो वैरभाव दर्शाउँछ ।’

 
इरानबाहेक, प्रतिबन्ध लाग्ने अन्य देशहरूमा अफगानिस्तान, म्यानमा, चाड, कङ्गो (ब्राजाभिल), इक्वेटोरियल गिनी, एरिट्रिया, हेइटी, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । साथै, थप सात देशका नागरिकहरूलाई पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध लगाइएको छ ।


हाशेमी रजाले भने, ‘यस नीतिले अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्तहरू उल्लंघन गर्दछ र नागरिकता वा धर्मको आधारमा करोडौँ मानिसलाई यात्रा गर्न पाउने अधिकारबाट वञ्चित गराउँछ ।’

 उनले यस प्रतिबन्धलाई विभेदकारी भन्दै अमेरिकालाई यसको अन्तर्राष्ट्रिय कानुनी जवाफदेहीको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ, यद्यपि सोको विस्तृत विवरण उल्लेख गरिएको छैन । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको हो । त्यसयता, दुबै मुलुकबीचको सम्बन्ध लगातार तनावग्रस्त रहँदै आएको छ ।

इरानबाहिर सबैभन्दा ठूलो इरानी समुदाय संयुक्त राज्य अमेरिकामै बसोबास गर्छ । इरानी विदेश मन्त्रालयका अनुसार, सन् २०२० मा अमेरिका भित्र करिब १५ लाख इरानी नागरिक रहेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ४ : १३ बजे

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन