आज २०८२ साल असार २३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुलाई ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन त्यति राम्रो छैन। स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपुरो हुनेछ। खानामा अरुची बढ्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ।

वृष : दिन राम्रो छ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

मिथुन : हिनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ती मिल्नेछ। अप्रिय खबर आउनसक्छ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ।

कर्कट : बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या आउनेछ। धर्मकर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा हुन आवश्यक छ। भाग्यस्थानमा उदयमान शुक्र पुगेकाले शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दुख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

कन्या : धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ती मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

तुला : दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्र बढ्नेछन््। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाईको विरुद्ध लाग्नेहहरु सक्रिय हुनेछन।

वृश्चिक : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपमा हुनु आवश्यक छ। भाग्यस्थानमा उदयमान शुक्र पुगेकाले शिक्षाको क्षेत्रमा राम्रो छ।

धनु : दिन सामान्य रहेको छ। मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अड्चन आउन सक्छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको तपाईको प्रयास सफल हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले मनमा खटपटी आउनेछ।

मकर : संचित धन खर्च हुने दिन छ। खर्च बढेपछि इज्जत बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा भने अवरोध बढ्नेछ। सतर्क हुनुपर्ने दिन छ।

कुम्भ : धार्मिक कार्यको सहभागीताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालिन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। शत्रु बढ्नेछन्। स्वास्थ्यमा समस्या हुने सम्भावना छ। गणेश भगवानको आरधना गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ०७ बजे

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको

बागमती प्रदेशसभा बैठक अनिश्चित

मकवानपुर– बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र

एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको

एमाले महाधिवेशनमा भोट माग्दै गायिका ज्योति मगर (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४