यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण « Khabarhub

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ । हुथी विद्रोहलाई लक्षित गर्दै आक्रमण गरिएको इजरायलले जनाएको छ । इजरायलले त्यस स्थानमा रहेका स्थानीयलाई अन्यत्र जान भनेको केही समयपछि आक्रमण भएको हो ।

इजरायलका रक्षा मन्त्री एरिक काजले हुथी नियन्त्रणमा साइटमा आक्रमण हुनुका साथै पावर स्टेसन र दुई वर्ष अघि सोही समूहले नियन्त्रणमा लिएको जहाजमा पनि निसाना बनाएको सामाजिक सञ्जालमा लेखेका छन् ।

हुथीले सञ्चालन गरेको मिडियाले बन्दरगाहमा आक्रमण भएको जनाएको छ । थप क्षतिका बारे भने कुनै जानकारी दिइएको छैन ।
‘यमन र इजरायलको भाग्यको एउटै कुरा लेखिएको छ । जसले इजरायलको क्षति गर्न खोज्छ, उसको क्षति हुन्छ । जसले इजरायलको विरुद्धमा हात उठाउँछ, उसको हात काटिन्छ,’ काजले लेखेका छन् ।

इजरायल र हमासको युद्ध सुरु भएयता गाजा र हमासप्रति एकबद्धता भन्दै हुथीले लगातार इजरायलमा आक्रमण गरेको थियो । हुथीले पछिल्लो समय इजरायलका र उसका नागरिकमाथि गरेको आक्रमणको प्रतिक्रिया स्वरूप यो आक्रमण भएको हो ।

आक्रमणपछि हुथीले आफ्नो एयर डिफेन्सले इजरायलको मिसाइल नास गरेको दाबी गरेको छ । अहिले इजरायलले निसाना बनाएको महत्त्वपूर्ण स्थानमा सन् २०२३ मा हुथीले नियन्त्रणमा लिएको व्यावसायिक पानी जहाज ‘ग्यालेक्सी लिडर’ हो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०४ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश