पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान « Khabarhub

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन खनाल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीनदिने भ्रमण गर्ने नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री खनालले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, ‘डिजिटल’ प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमूना परियोजनाहरूको अवलोकन गर्ने छन् । उनले सीपीसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा 
प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने छन् ।

हेनानको कार्यक्रम सकेर नेता खनाल यही असार २५ गते चीनको राजधानी बेइजिङ पुग्ने छन् । बेइजिङमा उनले जुलाई १० मा दुईवटा महत्वपूर्ण सत्रलाई सम्बोधन गर्ने छन् । उनले ‘मन्त्रिस्तरीय विश्व सभ्यता संवाद’ को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवर्द्धन’ लाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङ बसाइका क्रममा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत अन्य शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै, सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । नेता खनाल असार २७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : २६ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश