गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य
नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय अर्थतन्त्रको दिशा निर्धारण गर्ने प्रमुख दस्तावेज हो। यसले देशको आर्थिक गतिविधि, बजारमा तरलता, ब्याजदर र समग्र वित्तीय प्रणालीलाई प्रत्यक्ष प्रभाव पार्ने लक्ष्य राख्छ। तर, जब यो नीति पहाडी दुर्गम क्षेत्रहरूमा पुग्छ, त्यसको वास्तविक प्रभाव न त देखिन्छ, न त त्यहाँका नागरिकले त्यसलाई अनुभूति नै गर्न पाउँछन्।

सुदूरपश्चिमका भीरपाखामा रहेका किसान, गोठाला, बाख्रापालन गर्ने किसान र रैथाने अन्न उब्जाउने श्रमिकहरूका लागि यो नीति केवल एउटा टाढाको समाचार बनेर आउँछ, अथवा कतिपय अवस्थामा त त्यो पनि होइन। उनीहरूका लागि यसको खासै अर्थ हुँदैन, किनकि यसले उनीहरूको दैनिक जीवनमा कुनै प्रत्यक्ष परिवर्तन ल्याउँदैन।
मौद्रिक नीतिको निर्माण प्रक्रियामा सधैँ काठमाडौं लगायत सहरका अनि सुगमका विचार, शहरी आकांक्षा, र औपचारिक संस्थाहरूको प्रभाव हावी रहने गर्दछ। नीति निर्माताहरूले शहरी अर्थतन्त्रका आवश्यकतालाई बढी प्राथमिकता दिने गरेको देखिन्छ। अछामजस्तो जिल्लाका किसानले, जहाँ आज पनि अधिकांश परम्परागत कृषि प्रणालीमा आश्रित छन्, ती नीतिहरू हेर्दा उनीहरूलाई लाग्छ कि यी नीतिहरू उनीहरूका लागि बनेकै थिएनन्। न त त्यहाँको जटिल भूगोल बुझिएको छ, न त त्यहाँको जनजीवनका आधारभूत आवश्यकताहरू नै सम्बोधन गरिएका हुन्छन।
पहाडका किसानले मकै, कोदो, आलु रोप्छन्, बाख्रा – भैँसी पाल्छन्। उनीहरूको जीविकोपार्जनको मुख्य आधार नै यही परम्परागत कृषि र पशुपालन हो। तर, जब उनीहरूलाई थोरै पूँजीको आवश्यकता पर्छ र ऋणका लागि स्थानीय सहकारी वा बैंकतिर धाउँछन्। उनीहरूलाई कागज मिलेन वा जग्गाको धनीपुर्जा छैन भनेर फर्काइन्छ। बैंकिङ प्रक्रिया र आवश्यक कागजातहरू को मापदण्ड शहरी जीवनशैलीलाई सुहाउने गरी बनाइएका हुन्छन्, जुन ग्रामीण क्षेत्रका साना किसानका लागि पहुँच बाहिरको कुरा हो।
प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण
नबिल बैंकले ल्यायो विविध बैंकिङ सेवा, हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान
२२ अंकले घट्यो नेप्से, कारोबार कति ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अंकले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ७१ हजार ३१३ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ६१ र म्युचुअल फण्ड शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ७९, विकास बैंक शून्य दशमलव ८१, वित्त तीन दशमलव ७६, जलविद्युत् एक दशमलव ०२ र लगानी समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।
सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप
च्युरीबोटमा केन्द्रीय प्रसारण लाइनको बिजुली
विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना
सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै मोरङका सुनचाँदी व्यवसायीहरूले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् ।
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा पर्ने भएकाले उक्त करको व्यवस्था फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले र्याली निकालेर विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि करिब ३ घण्टा धर्ना दिएका हुन् ।

२ प्रतिशत विलासिता कर हटाउनुपर्ने, रत्न तथा आभूषणमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनचाँदी कारोबार निर्देशिका जारी गर्नुपर्ने तीन बुँदे माग राख्दै उनीहरूले आन्दोलन गरिरहेका हुन् ।
विगत दुई सातादेखि आन्दोलन गर्दा पनि व्यवसायीको कुरा नसुनेकाले प्यान नै खारेज गरेर बस्ने तयारी गरेको सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले बताए । उनले सुनचाँदी व्यवसायलाई संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।
प्रतिक्रिया