जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिनेछ : मन्त्री पौडेल « Khabarhub

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिनेछ : मन्त्री पौडेल


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेको उपचारमा सहज हुने निर्णय गरेका छन् । 

द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरूको उपचार सरकारी कोषबाट भइरहे पनि बजेट अभाव तथा पूर्णउपचार हुन नसकेपछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरूलाई सोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन् ।
  
अब सबै खालका आन्दोलनका घाइते, द्वन्द्वपीडित तथा भूकम्पका घाइतेहरूको उपचारसँगै अङ्ग प्रत्यारोपण वा सहयोग सामग्री आवश्यक भएमा व्यवस्था हुने जनाइएको छ । अङ्गभङ्ग भएकाहरूलाई कृत्रिम अङ्ग समेत प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

घाइतेहरूको देशभरका सरकारी तथा सामुदायिक अस्पतालहरूमा उपचार हुनेछ । कार्यविधिले उपचारपश्चात् अस्पतालहरूलाई भुक्तानी सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि उपचार हुँदै आए पनि बजेट निश्चित नहुँदा उपचारमा समस्या तथा अस्पताललाई समस्या परेको गुनासो आउने गरेको थियो ।

यसवर्ष मन्त्रालयले घाइतेहरूको उपचारका लागि बेग्लै बजेट विनियोजन गरेको छ । बजेट तथा उपचारको सीमितताका कारण समस्या भोगेकाहरुको समस्या सदाका लागि सम्बोधन हुने गरी कार्यविधि निर्माण गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यविधि स्वीकृत भए पछि घाइतेहरूको उपचारमा लामो समयदेखि देखिएको समस्या समाधान हुने बताउनुभयो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ५२ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र