पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता « Khabarhub

पर्साको शिकारीबासमा रुख चढेर फोन गर्नुपर्ने बाध्यता


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पर्सा – विकट गाउँका रुपमा परिचत ठोरी गाउँपालिका–३ शिकारीबासका करिब ७० घरधुरी अझै टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन् ।

ठोरीको हुलाकी सडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्ने शिकारीबासका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गर्नुभयो । टेलिफोनको टावर नटिप्दा फोन सम्पर्क गर्न नसकिने उनले बताए ।

“यहाँ फोन नटिप्ने पुरानै समस्या हो”, उनले भने, “टेलिफोनजस्तो अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको छ ।” मोबाइलमा टावर उपलब्ध गराउन रुख चढ्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिकारीबासमा टेलिफोन र इन्टरनेट सेवाको आवश्यक प्रबन्ध मिलाउन नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगञ्जलाई निर्देशन दिएका छन् । “अबको डेढ महिनाभित्र आवश्यक संरचना तयार पारेर टेलिफोनजस्तो अत्यावश्यक सेवा सुचारु गर्नेतर्फ आवश्यक गृहकार्य गर्नुहोस्”, उनले भने, “प्रशासनको तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग गरिनेछ ।”

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीले ठोरीको टेलिकम टावरको क्षमता अभिवृद्धिदेखि फाइबरमार्फत शिकारीबासमा नेटवर्कको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । “जङ्गलको मध्यभागको बस्ती भएकाले नेटवर्कको समस्या देखिएको हो”, उनले भने, “अत्यावश्यक उपकरण जडान गरेर फोन र इन्टरनेट उपलब्ध गराउने प्रयास गर्नेछौँ ।”

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ८ : ५८ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक